दाङ ३१ जेठ । आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचन लाई नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १०ले उत्सवमय तवरबाट आफ्ना चुनावी अभियानहरु संचालन गरिहेको छ ।
तिब्र रस्साकस्सि विच घोराही उपमहानगरपालिका वडा नं १०को टिकट बितरण भएपछि नेपाली काँग्रेसले आफ्ना चुनावी गतिबिधिहरु तिब्र पारेको छ । नेपाली काँग्रेसको वडा अध्यक्षको पदमा नेपाली काँग्रेसको तर्फबाट चित्र बहादुर डाँगि “निर्मल”महिला सदस्यमा लक्षिमा लम्साल,दलित महिला सदस्यमा केशरी बि.क,सदस्यहरुमा जगत बहादुर थारु र मंगल चौधरी लाई चुनावी मैदानमा अगाडि सारेको छ ।
टिकट क्लियर भएकै दिनदेखि विभिन्न र्याली,अन्तरक्रिया,मतदाता भेटघाट तथा रसमय प्रचारप्रशारलाई तिब्रता दिएको छ । उम्मेदवारहरु सहित सयौंको संख्यामा प्रचारप्रसारमा उत्रिएको काँग्रेसले नाचगाना गर्दे प्रचारप्रसार गरिरहेको छ ।
त्रिपुर नगरसभापति एवं प्रचारप्रसार मूल समितिका संयोजक दिपक पाण्डेको नेतृत्वमा संचालित प्रचारात्मक अभियानलाई रसिक बनाइएको पाण्डेले जानकारी दिनुभयो । आज ( जेठ ३१ गतेबिहान) चारबयिया, बजारटोल,खानेपानि टोल,पोखरी टोल,नयाँ बस्तिटोलहरुमा प्रचारात्मक अभियानहरु संचालनगरेको नगरसचिव बृश्चिक “आजाद” ले जानकारी दिनुभयो ।