दाङ, ३० जेठ । नेकपा एमाले घोराही उपमहानगरपालिकाका उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । पाँच वर्षभित्र घोराही उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने, धुलो मुक्त नगर बनाउने योजनासहित आफूलाई जिताउन उम्मेदवारहरु घरदैलोमा गएका हुन् ।
नेकपा एमाले घोराही १५ ले आज बिहानैदेखि घरदैलो अगाडि बढाएको छ ।

19114716_1431419250249217_761593654_nवडाध्यक्षका उम्मेदवार बुद्धिप्रसाद पौडेलको नेतृत्वमा नगरका भित्रै टोलमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदवार पौडेलले नगरको विकासका लागि आफूहरुको विजय आवश्यक रहेको भन्दै आफ्नो टिमलाई विजयी बनाउनु आग्रह गरेका थिए ।

घोराहीको मुहार फेर्ने नीति सहित आफूहरु चुनावी मैदानमा उत्रिएको भन्दै उनले घोराहीको मुहार फेर्ने सामथ्र्य एमालेसँग मात्रै भएकाले एमालेलाई विजयी बनाउन आग्रह गरे । उक्त अवसरमा मतदाताहरुले आफ्नो मतको सदुपयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरेका थिए ।

पूर्व जनमुक्ति कमाण्डर एमालेमा प्रवेश
पूर्व जनमुक्ति सेनाका कमाण्डर एमालेमा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिका—१६ सिर्जना टोलमा भएको कार्यक्रममा पूर्व जनमुक्ति सेनाका कमाण्डर जिपिटर रानासहित ३८ जना एमालेका प्रवेश गरेका हुन् ।