नेकपा माओबादी केन्द्र बंगलाचुलीको कार्यकर्ता प्रशिक्षण सोमवार सम्पन्न भएको छ । गाउपालिका अध्यक्षका उम्मेदवार भक्तबहादुर वलीको अध्यक्षता एवं दाङ जिल्ला निर्वाचन परीचालन समितिका संयोजक निर्मल आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

19113029_1715047375191097_1503879179_n

कार्यक्रममा संयोजक आचार्यले जिल्लाका धेरै स्थानीय तहमा जीत हात पार्ने संभावना बढेको भन्दै उत्साहका साथ चुनावी मैदानमा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले असार १४ को निर्वाचन कुनै पनि हालतमा नरोकिने भन्दै ढुक्कसँग निर्वाचन कार्यक्रम अगाडि बढाउन सबै उम्मेदवारहरु लाई निर्देशन दिनुभयो । अन्य पार्टीले पनि माओवादी एजेण्डा चोरेर स्वार्थपूर्ति गर्न लागेको भन्दै उहाँले आम मतदातालाई सचेत बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

माओबादी केन्द्र बंगलाचुलीका उपाध्यक्ष डोमाकान्त कवरको स्वागत मनतब्यबाट शरु भएको कार्यक्रम सञ्चालन सचिव हिमलाल लम्सालले गर्नुभएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिकाले सोमवार ठाउँमा चुनावी सभा गरेको छ । वडा नम्बर १७ ले घोराहीको गुलरिया पार्कमा चुनावीसभा गरेको छ । सभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार जीवन गौतमले दाङ प्रादेशिक राजधानी माओवादी केन्द्रको मुख्य एजेण्डा भएको बताउनुभयो । त्यस्तै मेडिकल कलेज र तीन तहको रिङरोडका लागि घोराहीवासी निरन्तर लाग्नुपर्ने पनि उहाँले बताउनुभयो ।

19113278_1715053178523850_409397546_n

कार्यक्रममा केन्द्रीय सदस्य विश्वराज आचार्य, उपमेयर पदका उम्मेदवार सिता चौधरी, वडा अध्यक्षका उम्मेदवार खुशीराम चौधरीलगायतले बोल्नुएको थियो । कार्यक्रमममा रक्तबीज सांस्कृतिक परिवार दाङ र सुनौलो विहानी युवा क्लब घनिबगियाले सांस्कृतिक कार्यक्रम देखिाएका थिए । वडा परिचालन समितिका संयोजक पदम केसीको अध्यक्षताम भएको कार्यक्रम सञ्चालन प्रकाश चौधरीले गर्नुभएको थियो । माओवादी केन्द्रले गुलरियामा घरदैलो पनि गरेको छ ।

त्यस्तै सोमवार नै माओवादी केन्द्र घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को चागुमा पनि कार्यक्रम गरेको छ । कार्यक्रमलाई मेयरका उम्मेदवार जीवन गौतम, उपमेयरका उम्मेदवार सिता चौधरी, वडा अध्यक्षका उम्मेदवार प्रकाश बिकलगायतले सम्बोधन गर्नुभएको थियो ।