इन्द्रेणी संवाददाता
दाङ, २९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले अहिले दलहरुले जे ग¥यो त्यही मान्ने प्रबृति वढेको भन्दै हामी लोकतन्त्र होइन दलतन्त्रवादी भएको बताएका छन् ।
आज सोमवार दाङको घोराहीमा भएको दोस्रो चरणको स्थानीय तहको निार्वचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वस्नीय बनाउने सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले नागरिक समाजले पनि आफ्नो भूमिका स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्न नसकेको बताए । ‘नागरिक समाज पनि यस्तो भयो दलहरुको सहमति भए त भइहाल्यो नि भन्ने चलन छ’, उनले भने, ‘यो चलनले नागरिक समाजको जो हुनुपर्ने भूमिका निर्वाह नै भएको छैन ।’
दलहरुको सहमतिमा जे पनि हुन्छ भन्ने प्रबृतिले जनताले साँचिकै लोकतन्त्रको अनुभस् ितगर्न नपाएको र दलतन्त्र मान्न वाध्य भएको उनले बताए । यसले विभिन्न अधिकारकर्मी लगायत सबैले जवाफ देहिताको भूमकिा निर्वाह गर्न नसकेको उनको आरोप छ ।
कार्यक्रममा आयोगकका पूर्व आयुक्त डा. गौरीशंकर लालदासले सबै आफ्नो क्षेत्रबाट मानअधिकारको रक्षा गर्दै जवाफ देहिताको भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार राखे । उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनिय बनाउने मानअधिकारकर्मी, पत्रकार, नागरिक समाजलगायत सरोकारवालाहरु सचेत भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नारिक समाज दाङका संयोजक टीकाराम रेग्मी, छलफल चौतारी दाङका संयोजक सुशील गौतम, जिल्ला मानवअधिकार सञ्जाल दाङका संयोजक केशव शर्मालगायतले आ–आफ्ना विचार राखेका थिए ।