भक्तपुर, २६ जेठ । गत २०७३ सालको एसईई परीक्षाको नतिजा आउँदो असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

feature0परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले तथ्याङ्क ‘इन्ट्री’सम्बन्धी काम सकिएको र त्रुटि पत्ता लगाउने लगायतका कार्य भइरहेको जानकारी दिँदै भने “सकेसम्म अबको सात दिनभित्र नतिजा सार्वजनिक गर्ने प्रयासमा छाँ । ” उहाँले सकभर त्रुटि कम गर्न समय लाग्ने बताए ।