इन्द्रेणी संवाददाता
दाङ २३ जेठ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका लागि राजनीतिक सहमति आवश्यक भएको कुरा बताउनु भएको छ । राष्ट्रपति यादवले अहिले सम्मको जनताको उपलब्धि लाइ संस्थागत गरि अगाडि बढ्नका लागि दलहरु गम्भीर भएर लाग्न समेत आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा आयोजना गरेको ‘दाङको वातावरण संरक्षणमा सरोकारवालाको भुमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै डा. यादवले राजनीतिक एकताकै कारण मुलुकमा संविधान जारी भएको भन्दै पूर्व राष्ट्रपति यादवले भने , ‘अहिलेको आवस्यकता संविधान कार्यान्वयनको भएकाले दलहरु मिल्नुपर्छ । दलिय एकता बिना संविधान कार्यान्वयनमा आउँदैन ।’ डा. यादवले भने , ‘दलहरु संविधान कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोतर्फ लैजाने मुद्दामा केन्द्रीत हुनुपर्छ । कार्यक्रमका सहभागीहरुले वातावरण संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रमा यादवले हिमाल पहाड र तराईलाई जोडी एकता कायम गर्न चुरे संरक्षण कार्यक्रम ल्याइएको बताए । विश्व वातावरण दिवसको अवसरमा पूर्व राष्ट्रपति डा. यादवले भुगोललाई जोड्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइएको बताएका हुन् ।