जेठ २२ – भारतको उत्तर प्रदेशमा यात्रु बस र ट्रक ठोक्किँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । सोमबार बिहान उत्तर प्रदेशको बरेलीमा दुर्घटना भएको हो ।

acident_arthasansarबस र ट्रक ठोक्किँदा भीषण आगलागी भएको र मानिस जलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनीहरुको शरीरको धेरैजसो भाग जलेकाले ज्यान गुमाउनेको पहिचान गर्न मुश्किल भएको छ ।

ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थल उत्तर प्रदेशको राजधानी लखनउबाट दुई सय ५१ किलोमिटर पर पर्छ ।