काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक सहमतिलाई पालना गर्ने संस्कार बसाउन आफूले राजीनामा दिएका बताएका छन् । प्रधानम न्त्री कार्यालयमा आज आयोजित विदाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

pm-prachandaराजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने बताउँदै प्रचण्डले मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई फेरि स्वागतको लागि तयार रहन पनि बताए ।

‘तपाईंहरु भनेको स्थायी सरकार हुनुहुन्छ । राजनीतिक नेतृत्व भनेको आउने जाने गरी रहन्छ । अहिले बिदाई गर्नुभयो फेरि स्वागतको लागि पनि तयारी गर्दै गर्नुहोला’, आज आयोजित विदाई कार्यक्रममा उनले भने ।

आफू प्रधानमन्त्री बन्दा सरकारसामु धेरै प्रश्न तथा चुनौतीहरु तेर्सिए पनि १० महिनाको अवधि धेरै प्रगति हासिल गरेको प्रचण्डको दावी थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेको भन्दै सबै कर्मचारीलाई भने, ‘तपाईंहरुको सहयोग नभएको सम्भव हुने थिएन । यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’