गोविन्द खड्का
दाङ २२ जेठ । घोराही क्षेत्रका कुखुरा पालक किसान तथा व्यवसायीहरुले पंचरत्न फिड्स एण्ड ह्रयाचरी चितवन संग शनिवार अन्तरक्रिया गरेका छन् । पच्छिल्ला बर्षहरुमा लागत बढ्दै जाने उत्पादन घट्ने गरेको भन्दै उत्पादकले ह्रयाचरी संग चिन्ता गरे । उत्पादकको प्रश्नको जवाफ कम्पनीले दियो ।

20170603_124307

कुखुरा उत्पादनमा आत्म निर्भर भएर बाहिर पठाउन सफल रहेको घोराहीका उत्पादकले दावि गरे । त्यसकै प्रभावले सात सय बढि व्यवसायी घोराहीमा मात्रै दर्ता गरेरै कुखुरा पालनमा लागेका छन् । पच्छिल्ला बर्षहरुमा पाल्ने उत्सुकहरु थपिदैछन् । बस्ति पिच्छे कुखुराका खोरहरु भेटाउन सकिन्छ । तर उत्पादन घट्दो छ । कतिपयको व्यवसायलाई निरन्तरता दिन कठिन भएको छ । ‘दश बर्ष अघि यही समयमा धेरै उत्पादन गर्न सकिन्थ्यो,’ सहभागि व्यवसायी भिमप्रकाश देवकोटाले सोध्नुभयो ‘अहिले तौल कम छ । ह्रयाचरीमै समस्या आयो कि के भयो ?’ उहाका अनुसार चल्लाका तौल निकै कम छ । दानाको मुल्य उठ्न मुश्किल ।

सहभागिले कुखुरामा देखिएका समस्याहरु दर्साएका थिए । मन्टो बटार्ने, ख्यार ख्यार गर्ने, चल्ला ल्याएको केहि दिनमै मर्ने, लुलो हुने, मुटुमा जालो लाग्ने, पानी जम्ने लगाएतका कुखुरामा समस्या देखिएको सुनाए । धेरै खोरहरुमा नोक्सान भएको र अधिकांशले फाइदा लिन नसकेपछि निरुत्साहित हुने अबस्था आएको चिन्ता व्यक्त गरे । व्यवसाय अत्यन्त अगाडि बढेको र समस्या पनि उत्तीकै आएको उनिहरुको गुणासो थियो । पहल गरीदिन आग्रह गरे ।

ghaderi bazarआफैले कुखुरा पालेर सबै कुरा व्यवहारीक प्रयोग बाट मात्रै वितरण गरीएको ह्रयाचरीले जानकारी दिएको छ । पंचरत्नका फिड्सका प्राविधिक अधिकृत डा गृहमणी नेपालले खोर, ओषधि, रोगहरु लगाएतका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यसलाई मिलाउन नसकिदा पनि रोग धेरै देखिएको बताउनुभयो । डा नेपालले एउटै औषधिले सधै काम गर्छ भन्ने भ्रमले पनि समस्या आएको जानकारी दिनुभयो । पटकै पिच्छे फरक औषधि प्रयोग गर्न आग्रह गर्नुभयो । रोग लाग्नै नदिनका लागि उपाए अपनाए क्षेति व्यहोर्न नपर्ने डा नेपालको भनाई थियो । ‘राम्रो व्यवस्थाले असि प्रतिशत रोग नलाग्ने हुन्छ’ डा नेपालले भन्नुभयो, ‘२० प्रतिशत मात्रै औषधि उपचार गर्नुपर्छ ।’ उहाले विदेशीलाई यताको पानी नपचे जस्तै कुखुरालाई व्यवहार गर्न आग्रह गर्नुभयो । औषधिले चल्ला वा व्यवसायी दुवैलाई असर गर्ने भन्दै खोर व्यवस्थापनमा मेहनत गर्न आग्रह गर्नुभयो । सुरक्षित र कुखुरा अनुकुल खोर नै व्यवसाय सफल हुने आधार हुन् ।

‘कुखुरा व्यवस्थापन मात्रै सिकियो खोर व्यवस्थापन नसिक्दा केहि समस्या आएको छ’ भनेर कुखुरा व्यवसायी समिति दाङका सचिव निम बहादुर बुढाथोकिले पालकको तर्फ बाट कमजोरी स्विकार्नुभयो । तालिम पछि प्रतिकृया दिदै बुढाथोकिले अण्डालाई आलु खाको जस्तो भन्ने ठाउमा जति उत्पादन गरे पनि नपुग्नेमा विकास गरेको दावि गर्नुभयो । कुखुरा मा आत्मनिर्भर हुने दोश्रो जिल्ला भएको गर्ब गर्दा पच्छिल्ला बर्षमा रोगले च्यापदै लगेको बुढाथोकिको भनाई थियो । उहाका अनुसार पोखरा बाहेक वुटवल, चितवन, नारायण गढ, सुर्खेत, धन गढि नेपाल गंज लगाएत प्रमुख शहरहरुमा दाङको कुखुरा जाने गरेको छ । त्यसैले कुखुरापालनका लागि स्वच्छ वातावरण भएको जिल्ला मानिन्छ । किसान भने खोर व्यवस्थापन गर्न जानेका छैनन् ।

प्रालिका विक्री तथा बजार प्रमुख ओम प्रकाश तिवारीले विराटनगर देखि कोहलपुर सम्म कुखुरा पालन गरेको जानकारी दिनुभयो । कम्पनीका कुखुरा र दाना आफ्ना खोरमा प्रयोग गरेपछि मात्रै बाहिर पठाउने गरेको प्रमुख तिवारीको भनाई थियो । त्यसकै सफलताले भारत लगाएत बाहिर बाट आउने अण्डा र कुखुरा रोक्न सफल भएको प्रमुख तिवारीको दावि थियो । त्यसरी बर्षौ कुखुरा पाल्दै आएपनि रोगमुक्त हुन सकिएन । ‘जहा कुखुरा त्यहा पंचरत्न’ नाराका साथ सकभर व्यक्ति विशेषलाई भेट्ने नभएपनि सामुहिक छलफल गर्ने कम्पनीनको भनाई छ । माछा बंगुर गाई भैसी सवै पशुहरुलाई चाहिने सबै किसिमका दाना उत्पादन गरेको बताईएको छ । बायो मलको पनि बनाउन लागेको उहाको भनाई थियो । कृषि र पशु सम्बन्धी  उत्पादन गरेको छ ।

कम्पनीका प्रमुख सचालक अधिकृत विप्लव ओझाको अध्यक्षता एवं महरा पोल्टी सप्लायर्स घोराहीका संचालक पुरन बहादुर महराको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण दिपेन्द्र लम्सालले गर्नुभएको थियो ।