गोविन्द खड्का
दाङ २२ जेठ । गत शैक्षिक सत्रमा कोहि पनि छात्रा विदालिएर घर फर्किएनन् । अघिल्ला बर्षहरुमा दिन दिनै गएल हुने छात्रा पुर्ण रुपमा उपस्थित हुन थालेपछि मेचिकाली माध्यामिक विद्यालय घोराहीका प्रिन्सीपल अच्चमीत छन् ।
‘स्कुल आउनै पाएको छैन फर्किन थाल्थे’ प्रिन्सीपल रावतले भन्नुभयो, ‘छात्राहरुले विदा नलिएको दिनै हुदैन्थ्यो ।’ उहाका अनुसार अहिले छात्राले देखाउने समस्या पनि घटेका छन् । अरुमार्फत निवेदन पठाएर पनि छात्राहरु विदा लिन्थे । तिन चारदिन सम्म अनुपस्थित रहन्थे । पेट दुख्यो, टाउको दुख्यो यस्तै यस्तै अनेकौले समस्या ल्याउथे । अहिले सबै समस्या हटेको छ ।
यसरी आएको परिवर्तन आकस्मिक भने होईन । विद्यालयले निर्णय गरेर एकाउन्टेन्ट विष्णुमाया श्रेष्ठ मार्फत महिनावारीको समस्या हुदा प्याड दिने व्यवस्था गरेको छ । छात्रा शौचालयमा ढकन सहितको प्रयोग भएको प्याड फाल्ने सुविधा मिलाएको छ । पेट दुःख्यो भने रेष्ट रुम छुट्टै बनाईदिएको छ । त्यहि सुविधाले छात्राहरुको अनुपस्थित दर सत प्रतिशत सुधार भयो । शिक्षीका र छात्राहरुलाई प्याड दिदा दश बाह्रहजार बार्षिक खर्च थपिएको प्रिन्सीपल रावतले बताउनुभयो । यति खर्चले आउने विद्यार्थी उपस्थितिको फाईदा हिसाव गरी नसक्नु छ ।
हरेक छात्रालाई मासिक श्राव हुन्छ । दुई देखि ६ दिन सम्म महिनावारीको समस्या रहन्छ । त्यसवेला प्याड फेर्ने, सफा गर्ने सुविधा चाहिन्छ । समाजमा महिनावारी लाजको विषय भएकाले माग्न सक्दैनन् । बरु छात्राहरु पढ्न छाडिदिन्छन् । केहिलाई विद्यालय पुगेपछि महिनावारी हुन्थ्यो तत्कालै उनिहरु पनि फर्किन्थे । ‘अझै खुल्न सक्या छैनन’ प्रिन्सीपल रावतले भन्नुभयो, ‘उनिहरुको सजिलाका लागि म्याडम बाट वितरण हुने व्यवस्था मिलाईदिएका छौ“ ।’ यत्रो ठुलो काराण पत्ता लगाउन नसक्दा धेरै छात्राहरुको पढाई प्रभावित भयो । विद्यालयले अन्याए भएको महशुस गर्न सकेन । पुरुषलाई थाह नभएपनि शिक्षिका मार्फत समस्या उठ्नु पर्दथ्यो । बोल्न लाज मान्ने भएकाले अघिल्ला बर्षहरुमा छात्रा गयल हुनुको कारण लुक्यो ।
समस्या विद्यार्थीले नै ल्याएका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर केसिका अनुसार कक्षा ६ देखि दश सम्मका विद्यार्थीको पिस कलव गठन गरीएको छ । त्यहा विद्यार्थीका सबै समस्याको बारेमा छलफल हुन्छ । उनिहरुले निर्णय गरी पठाएको प्रस्तावका आधारमा प्याडको व्यवस्था गरिएको हो । प्रयोग भएको प्याड फाल्नका लागि खट्टाले थिच्दा खुल्ने वाल्टी शौचालयमा राखिएको छ । कुवाको पानी मोटरलाएर टंकिमा हाली वितरण गरीन्छ । प्रशस्त पानी भएको विद्यालयमा सफा गर्ने कठिन थिएन । फेर्ने ठाउको पनि व्यवस्था गरेपछि छात्रा अनुपस्थिति समस्या सजिलै ट¥यो ।
छ सय बढि विद्यार्थी रहेको विद्यालयमा चारवटा शौचालय छन् । कतै पनि स्टाप शौचालय लेखिएको भेटिन्न । न त छात्र छात्रा नै लेखिएको छ । त्यसो गर्दा वालमैत्री अबधारणा अनुसार अपुग लाग्छ । शिक्षक विद्यार्थीका एउटै शौचालय रहेको जानकारी दिए । छात्र र छात्राको आफै चिनेको बताए । तर्क जे भएपनि नया विद्यार्थी र अभिवावकका लागि असजिलो हुन्छ । छात्रा छात्र लेख्नै पर्छ । सरसफाई गर्ने छुटै कर्मचारी भएकाले समस्या नरहेको बताए । खानेपानीको सुविधा केहि कक्षा नजिक जार राखिएको छ । शुद्धिकरणका लागि समय समयमा पोटास हालिने बताए ।
स“धै नया गर्न खोज्ने विद्यालयले यस बर्ष व्यागलेश कलास शुरु गरेको छ । गत शुक्रवार देखि हरेक शुक्रवार त्यहाका विद्यार्थी विद्यालयमा झोला नलिएरै आउछन् । दिनभरीका सबै पिरीयडले दिमाग भने भरेरै फर्किन्छन् । सधै गृहकार्य, सधै लाठि टाउकोमा, एउटै खालको बोझ बाट मुक्त गर्ने नया तरीका ल्याएको अध्यक्ष केसिले जानकारी दिनुभयो । त्यसले विद्यार्थीलाई सिर्जनशील बनाउने छ शिक्षकलाई उत्सुक ।
मोवाईल चलाईरहेको अबस्थामा भेटिएका अध्यक्ष केसिले आउदो शुक्रवारको लागि म्याटर तयार गर्दै थिए । केसिका अनुसार कोर्ष बाहेको तर विषयलाई सपोर्ट गर्ने सामाग्री चाहिन्छ । त्यसैले ईन्टरनेट वाट खोजेर व्यवस्था गर्दै थिए । विद्यार्थीका लागि हप्तामा एउटा रहरको दिन भएको छ, भने शिक्षकका लागि साप्ताहिक पत्रिकाको सम्पादकलाई जत्तिकै हप्तैभरी टण्टा । हास्ने, खेल्ने, फोहर टिप्ने, नाच्ने, शिल स्वभाव सिक्ने, मौसम अनुसार भ्रमण गर्ने, अबलोकन गर्न जाने, विभिन्न कलाहरु अभ्यास गर्ने लगाएत विविध विषयहरु समेटिने छन् ।
पहिलो सुक्रवार धेरै विद्यार्थीले हलुका महशसु गरेको शिक्षकहरुले प्रतिकृया दिएका छन् । उनिहरुलाई विद्यार्थीको चाहना अनुसार एउटा पिरीयड खुशिले विताउने वातावरण शिक्षकले बनाउनुपर्छ । धेरै गृह कार्य दिएपछि मात्रै खुशिहुने अभिवावकको प्रतिकृया भने विद्यालयमा पुगेको छैन ।
