काठमाडौँ, १९ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट २२ हजार ४४२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस निर्वाचनबाट ४६१ नगरप्रमुख वा अध्यक्ष, सोही सङ्ख्यामा उपप्रमुख वा उपाध्यक्ष, चार हजार ८६ वडाध्यक्ष, आठ हजार १७२ वडा सदस्य, महिला सदस्य चार हजार ८६ र सोही सङ्ख्यामा दलित महिला सदस्य र नगर वा गाउँ सभाबाट निर्वाचित हुने दलित र अल्पसङ्ख्यक गरी एक हजार ९० जना निर्वाचित हुनेछन् ।

afafafआयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा ४६१ स्थानका लागि निर्वाचन हुन लागेको जानकारी दिनुभयो । चार प्रदेशका ४३ जिल्लाका १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउपालिकाका ४६१ स्थानीय तहको निर्वाचनका लागि छ हजार ७१८, मतदान केन्द्र ११ हजार ९३१ कायम छ । गारेखापत्रमा समाचार छ । सैबीच सरकारले विराटनगर र वीरगन्जलाई महानगरपालिका घोषणा गरे पनि निर्वाचन आयोगले भने कसरी निर्वाचन गराउँछ, त्यो स्पष्ट हुन बाँकी छ ।

यस निर्वाचनमा ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोग गर्नेछन् । दोस्रो चरणको निर्वाचनको लागि सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० छ भने सबैभन्दा कम थोरै तेह्रथुममा ६० हजार ७०४ छन् ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मोरङ, सप्तरी, सिराहा, धनुषा, सर्लाहीमा १७ ÷१७ स्थानीय तहमा निर्वाचन हुने छ भने सबैभन्दा थोरै तेह्रथुम र अर्घाखाँचीमा ६÷६ वटा स्थानीय तह छन् । निर्वाचनमा सबैभन्दा बढी मोरङमा ६६९, झापामा ६३७, रूपन्देहीमा ५४३, धनुषामा ५३५ सर्लाहीमा ५०१ र कैलालीमा ४९० मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन आयोगका अनुसार तेह्रथुममा सबैभन्दा थोरै ८० मतदान केन्द्र छन् । मतदाताको हिसाबले १ नम्बर प्रदेशका १३७ स्थानीय तहमा सबैभन्दा बढी २६ लाख ७४ हजार ५६३ मतदाता छन् भने सबैभन्दा थोरै ७ नम्बर प्रदेशका ८८ स्थानीय तहमा १३ लाख तीन हजार ७१४ मतदाता रहेको जानकारी निर्वाचन आयोगले दिएको छ ।
त्यसैगरी, २ नम्बर प्रदेशका १२७ स्थानीय तहमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् भने प्रदेश नम्बर ५ का १०९ स्थानीय तहमा २४ लाख ५४ हजार ४८८ मतदाताले दोस्रो चरणको निर्वाचनमा मतदान गर्दैछन् ।