गोविन्द खड्का
घोराही, १८ जेष्ठ । ज्योति विकास बैंक लिमिटेडको ३२ औं शाखा बुधवार घोराहीमा स्थापना गरीएको छ । नेपाल राष्ट्र वैंक नेपालगंजका क्षेत्रीय निर्देशक गुरुप्रसाद पौडयालले शाखाको उद्घाटन गर्नुभएको थियो ।
पा“च नम्बर प्रदेशको सम्भावित केन्द्र भएकाले पनि दाङमा बैकका शाखा खोल्नु रणनैतिक महत्व भएको पौडेलले बताउनु भएको छ । प्रमुख अतिथि पौडेलले निक्षेप संकलन गरी यहि खर्च गर्ने राम्रो जिल्ला भनी दाङको प्रशंसा गर्नुभयो । उहाले बाहिरको निक्षेम समेत दाङमा लगानी भएको हुनाले ठुलो सम्भाव्यता बोकेको जिल्लाका रुपमा टिप्पनी गर्नुभयो ।
उहाले मनोमानी ढंगले व्याज बढाउने कामलाई राष्ट्र बैंकले निरुत्साहीत गरेको जानकारी दिनुभयो । ‘मोवाईलमा एसएमएस पठाएर हप्तै पिच्छे व्याज बढाउन पाईदैन’ निर्देशक पौडेलले थप्नुभयो, ‘जथाभावि व्याज बढाउने काम केहि समय व्यथितिका रुपमा आएको थियो ।’ उहाले उद्योगधन्दाको गतिलो सम्भावना बोकेको जिल्लाभएकाले पनि सबै बैकहरु आकर्षित भएको बताउनुभयो । नेपालमा बैंकहरुले विकसीत राष्टको स्तर कायम गरेकोले पैसा घरमा राख्ने होईन भन्ने वातावरण बनाउन आग्रह गर्नुभयो । पाच प्रतिशतमा कृषि क्षेत्रमा पाच करोड सम्म लगानी गर्न सकिने भएकाले अबसरको उपयोग गर्ने कृषकहरुमा आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बंजाडेले निक्षेप संकलन गर्छु र लगानी गर्छु भनेर स्थापना गरीएकाले व्यवसायीका तर्फ बाट हर्षले स्वागत गरेको बताउनुभयो । उहाले ठुला उद्योग र व्यापार व्यवसायमा मात्रै सिमित नुहन सुझाव दिनुभयो । ‘कृषि तथा साना व्यवसायीमा लगानी गर्नुस’ बंजाडेले सल्लाह दिदै भन्नुभयो, ‘उनिहरु पछि ठुला हुन्छन् ।’ लामो अनुभव संगाल्नु भएका प्रतिष्ठित व्यवसायी बंजाडेले कर्जा दिदा विजनेश प्लान ख्याल गर्न सचेत गराउनु भएको छ । उहाले सबै सक्कली डकुमेन्ट अनुसार अघि बढ्न आग्रह गर्नुभयो । ‘केहि बैंकले कागज मिलाएर मात्रै लगानी गरेको भेटिन्छ’ अध्यक्ष बंजाडेले भन्नुभयो, ‘त्यसले व्यवसाय धरासायी हुने र वैक पनि संकटमा पर्ने अबस्था ल्याउ ।’ उहाले औद्योगिक क्षेत्र स्थापना अन्तिम चरणमा पुगेकाले सर्वसुलभ सेवाको व्यवस्थागर्न बैंकलाई आग्रह गर्नुभयो ।
घरको पैसा वैकमा उपार्जनका लागि हो भन्ने सकारात्मक सन्देश व्यक्ति व्यक्तिमा पुग्नुपर्ने वैक संचालन समितिका सदस्य गुरुप्रसाद पौडेलको भनाई थियो । नेपाल सरकारको नियम कानुन अनुसार विनियम बनाएर सुशाषन, पारदर्शिता, गोपिनिएता, सुरक्षित र भरपर्दो सेवा दिएको जानकारी गराउनुभयो । झिंम्रुक विकास बैक यस अघि नै मर्ज भएको जानकारी गराउदै निकट भविश्यमै समाहित हुनेगरी राप्ती भेरी विकास बैंक संग सहमति भएको बताउनुभयो । उहाका अनुसार निक्षेप भन्दा लगानी बढि हुने क्षेत्र भएकाले माया ममता धेरै पाएको वैकले महशुस गरेका छन् । सुझावलाई मार्ग निर्देशनका लागि सुझाव पेटिका राखेर व्यवस्थित गर्ने वाचागर्नुभयो ।
शहिद उमेशमार्गमा रहेको एभरग्रिन गिफ्टस एण्ड म्युजिकलको माथिल्लो तलामा शुरु गरीएको बैंक उद्घाटन कार्यक्रमा नेपाल विद्युत प्राधिकरण घोराहीका प्रमुख वावुराम सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, त्रिभुवननगर जेसिजका अध्यक्ष दिपक शर्मा (समिर) लगाएतले प्रान्तिय राजधानी बन्ने पक्का पक्कि भएकाले त्यहि अनुसारका संरचना विकास गर्न आग्रह गर्नुभयो । बत्ताहरुले जिवन स्तर माथि उठाउन वैक अनिवार्य भएको बताएका थिए । वैक संचालन समितिका सदस्य गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कर्जा विभाग प्रमुख विकास रानाभाटले स्वागत गर्नुभएको थियो । सहजीकरण ज्योति विकास वैंक शाखा कार्यालय घोराहीका प्रवन्धक प्रकाश केसीले गर्नुभएको थियो ।