केएल पीडित

दाङ १८ जेठ । सामाजिक एवं नाट्य क्षेत्रमा क्रियाशील रिना बस्नेत पछिल्लो समय चलचित्र निर्माणतिर अग्रसर भएकी छिन् । संचारकर्मी केएल पीडितको लेखन/ निर्देशन रहेको चलचित्र लावाजुनीबाट उनी चलचित्र निर्माणमा होमिएकी हुन् । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र लावाजुनी सामाजिक सन्देश प्रवाह गर्ने एक सार्थक चलचित्र भएकोले आफु निर्माणमा उत्साहपूर्वक लागेको निर्मात्री रिनाले बताइन् ।

‘लावाजुनीको कथावस्तु निर्क मार्मिक एवं शिक्षा मूलक छ । यसले बालिकाहरुको अधिकार, उनीहरुको मुक्ति, प्रगति र शिक्षामा पहुँचको विषयलाई निकै सशक्तढंगले उठान गरेको छ । म यस चलचित्रको निर्मात्री हुन पाएकोमा निकै उत्साहित भएकी छु ।’ निर्मात्री रिनाले चलचित्र लावाजुनी बारे बोलिन् ।

18869908_1502950669755318_1825863679_oचलचित्र लावाजुनी नेपालकै एक सार्थक चलचित्रमा दरिने उनको विश्वास छ । सबै दृष्टिकोणले चलचित्र निकै राम्रो र सार्थक बनेको र पोष्ट प्राडक्सनको कार्य अन्तिम चरणमा रहेको हुँदा अब शीघ्र प्रदर्शनको लागि तयार हुने निर्मात्री रिनाले बताइन् ।

‘लावाजुनी प्राविधिक कार्य अन्तिम चरणमा पुगको छ । अब चाँडै प्रदर्शनमा ल्याउँछौं । सकेसम्म पहिलो चरणमा विदेशमा प्रदर्शन गर्ने र त्यसपछि देशभर प्रदर्शन गर्ने हाम्रो योजना छ ।’

बाहिर प्रचारमा उस्तो नआए पनि रिना एक प्रतिभाशाली नाट्यकर्मी हुन् । उनले दर्जनौं सडक नाटकहरुको लेखन तथा निर्देशन गरेकी छिन् । लेखन/ निर्देशनसंगै उनी स्वयंले पनि अभिनय पनि गरेकी छिन् । उनका सबै नाटकहरु सामाजिक सचेतना फैलाउने खालका छन् । कलाले समाजको रुपान्तरण र मानवको चेतना अभिवृद्धिमा टेवा पु¥याउनु पर्छ भन्ने रिनाको धारणा छ ।

18901323_1502950613088657_154045993_o‘कला भनेको समाजलाई सही बाटो देखाउने हुनुपर्छ । नाटकहरुले दर्शकहरुलाई केही न केही नयाँ सन्देश दिनु पर्छ । म त्यस्तो कलाको पक्षमा छु ।’ रिनाले कलाबारे आफ्नो धारणा प्रष्ट पारिन् ।

वि.सं. २०६० सालदखि उनी कलक्षेत्रमा सक्रिय छिन् । त्यस वर्ष उनले सिन्धुपाल्चोकमा भएको राष्ट्रियस्तरको १० दिने नाट्य विधाको प्रशिक्षण लिएकी थिइन् । त्यस प्रशिक्षणले उनलाई कला क्षेत्रमा समर्पित हुन प्रेरित ग¥यो । र अहिलेसम्म उनी उस्तै उत्साह र समर्पणभावका साथ क्रियाशील छिन् ।

‘अब मेरो जीवन कला र सामाजिक क्षेत्रमा समर्पित हुनेछ ।’ रिनाले बताइन् ‘कला र सामाजिक क्षेत्रबाट देशको लागि केही योगदान दिनेछु ।’

18901300_1502950739755311_231243347_oघोराही उपमहानगरपालिका १३ बनगाउँ निवासी रिना सामाजिक क्षेत्रमा निकै अग्रसर छिन् । मानवीय सेवा र सामाजिक कार्य नै सबभन्दा ठूलो धर्म ठान्छिन् उनी । समाजलाई सकारात्मक दिशातिर प्रेरित गर्ने तथा असाहयहरुलाई सहयोग एवं उद्धार गर्ने अभियानमा उनी निकै सक्रियताका साथ जुट्छिन् । भन्छिन ‘मलाई समाजसेवामा निकै रुची छ । समाजलाई सचेत बनाउने र अप्ठ्यारामा रहेकाहरुलाई सहयोग गर्न पाउँदा मलाई परम आनन्द हुन्छ ।

आफैमा एउटा कुशल कलाकार भएको हुँदा रिनालाई अभिनयको शोख भित्रैदेखि छ । उनले दर्जनौ नाटकमा सशक्त अभिनय गरेकी छिन् । अब उनी चलचित्रमा पनि अभिनय गर्ने सुरमा छिन्, भनिन् ‘राम्रो भूमिका पाए भने चलचित्रमा पनि अभिनय गर्नेछु ।’

अहोरात्र कलक्षेत्रमा क्रियाशील रिना पारिवारिक र सामाजिक दायित्व पनि सफलतापूर्वक निर्वाह गरिरहेकी छिन् । घरको सबै जिम्मेवारी उनकै काँधमा छ । करिव ५ वर्षदेखि मंगलोदय बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको जिम्मेवारी पनि उनले सम्हालेकी छिन् । कार्यव्यस्तता, अनेक चाप र व्यवधानहरुलाई सहजका साथ चिर्दै उनले कलक्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय छ ।