दाङ, १७ जेठ । हेकुलीको टिकुली गैरामा स्कूल वस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । टिकुली गैरादेखि विद्यार्थी लिएर लोकपृय वोर्डिङ स्कूलमा आउदै गरेको ना २ ख ९६४० नम्वरको वस दुर्घटना भएको हो ।

feature0दुर्घटनामा घाइते भएकाहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेका छ । दुर्घटना विहान सवा ९ बजेतिर भएको प्रहरीले जनाएको छ ।