काठमाडौँ, १७ जेठ । आज विश्व धूमपानरहित दिवस ।  विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षेनि ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन ।

imagesसुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हँुदाहँुदै पनि मानिसले सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले वार्षिक ७० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ । नेपालमा पनि सूर्तीजन्य पदार्थको कारणबाट वार्षिक २५ हजार मानिस मर्ने आकलन छ ।

नेपालमा नसर्ने रोगको तथ्याङ्क ४२ प्रतिशत हुँदा धूमपानबाटै वर्षेनि १५ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले २५ हजार नेपालीको मृत्यु हुने गरेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदयरोगलगायतको समस्या निम्तिनसक्नुका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्ने जरुरी भएको बताउनुभयो । निर्देशक खड्काले सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको बताउनुभयो । विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्ख्या एक अर्ब ३० करोडभन्दा बढी भएको अनुमान छ ।