काठमाडौं, १५ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग फिर्ता भएको छ । व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव आज औपचारिक रुपमा फिर्ता भएको हो ।

sushila-karkiकाँग्रेस र माओवादी केन्द्रका दुई सय ४९ जना सांसदको हस्ताक्षरसहित वैशाख १७ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

काँग्रेस सांसद मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव उहाँहरुले नै सभामुख ओनसरी घर्तीलाई फिर्ता लिन लगाएकी हुन् ।