बाघमारे । पश्चिम दाङको शान्तिनगर गाउपालिका १ की वेद कुमारी डाँगीले यस अघि मतदाता शिक्षा लिएकी थिएनन् । उनीलाई कसैले पनि मतदान गर्ने तरिका सिकाउन गएका थिएनन् । तर बिहिबार समाजमा वातारणीय शिक्षाको बिकास ( सीडले आयोजना गरेको मतदाता शिक्षा कार्यक्रमबाट उनले मतदान गर्न सिकिन् ।
सीडले पश्चिम दाङको शान्तिनगर गाउपालिका १ , २ , ५ र ६ मा आईतबार मतदाता शिक्षा सञ्चालन गरेको छ । शान्तिनगर १ र २ मा ४५ जनालाई मतदाता शिक्षाका बारेमा जानकारी गराईएको सीडका सहजकर्ता कल्पना खड्काले जानकारी दिईन् । मत बदरको संख्या घटाउन त्यहाँ मतदाता शिक्षा कार्यक्रम आयोजना गरिएको सहजकर्ता आकासजंग घर्तीले बताए । त्यसअबशरमा त्यहाँका बासिन्दा, गाबिसका प्रतिनिधि, बुद्धिजिवी, नागरिक सचेतना केन्द्रलगायतको उपस्थिति रहेको थियो । गाबिसका प्रतिनिधि तथा सीडका प्रतिनिधिले मतदातालाई मत बदर नहुँने गरी मतदान गर्न सिकाएका थिए ।
कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत अनिता पोख्रेलले गरेकी थिईन् । त्यस्तै शान्तिनगर गाउपालिका ५ र ६ मा ३० जनाले मतदाता शिक्षाका बारेमा जानकारी लिएका छन् । सीडका कार्यक्रम अधिकृत माधव चौधरीको अध्यक्षता तथा गाबिस सचिब राजेश कुमार गुप्ताको प्रमुख आतिथ्यमा मतदान शिक्षा भएको थियो । त्यस अबशरमा प्रमुख अतिथि गुप्ताले सहि तरिकाले आफुले चाहेको उम्मेदवारलाई बिजयी बनाउन बदर नुहँने गरी मतदान गर्न आबश्यक रहेको बताए । मत बदर हुने हो भने आफुले रोजेको प्रतिनिधिले पराजय भोग्नु पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्रशिक्षक अरबिन्द चौधरीले गरेका थिए ।