तुलसीपुर १४ जेठ । नयाँ शक्ति पार्टी नेपाल दाङको प्रचारप्रसार समुहमाथि हातपात भएको छ । प्रचार प्रसारमा हिडेको टोलीमाथि चार जनाको समुहले आइतबार बसपार्कबाट हातपात गर्नुका साथै प्रचार सामाग्री लुटेर लगेका छन् ।
दिउँसो ११ बजे तिर नयाँ शक्ति दाङका संयोजक नारायण भट्टराई, तुलसीपुर उपमेयरका उम्मेदवार शान्ता रिजाल, तुलसीपुर महानगरपालिकाका संयोजक मोहन सिंह वली, तुलसीपुर उपमहानगरपालिकाका संयोजक तथा वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र प्रकाश चन्दलगायतको समुहलाई हातपात गरेको संयोजक भट्टराईले जानकारी दिए ।
संयोजक भट्टराईका अनुसार आफुहरुलाई बिप्लप समुह बताउने समुहले आफुहरुमा माथि अभ्रद ब्यबहार गरेको बताए ।
यसैबीच नयाँ शक्ति दाङले घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार संयोजक नारायण भट्टराईले एक प्रेस बिज्ञप्ती जारी गरी दोषीलाई तत्काल कारबाहीको माग समेत गरेका छन् ।
