Joj:yflksf ;+;bdf cfly{s C0f ljw]os lj?4 xft p7fpb} ;f+;bx? M k|bLk/fh jGt,/f;;

काठमाडौं, १४ जेठ। सरकारले आगामी आवका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आइतवार पारित गरेको छ ।

Joj:yflksf ;+;bdf cfly{s C0f ljw]os lj?4 xft p7fpb} ;f+;bx? M k|bLk/fh jGt,/f;;
राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४र७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको धन्यवाद प्रस्तावलाई संसद्को आइतवारको बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

यसअघि नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसार सरकारले सोमबार बजेट प्रस्तुत गर्नेछ ।