काठमाडौं । विभिन्न अभियोग लागेर मलेसियाको फिर्ती केन्द्रमा थुनिएका ५९ जना नेपालीको उद्धार गरिएको छ । मेलेसियास्थित नेपाली दूतावासले जोहोरबारुमा रहेको फिर्ती केन्द्रमा रहेका उनीहरूलाई उद्धार गरेको हो ।

malesiyaजोहोरबारुस्थित पेकनानस फिर्ती केन्द्रमा रहेका एक महिलासहित उनीहरूलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरू सबै कानुनी सजाय काटेपछि घर फिर्ता हुन टिकट किन्ने पैसा नभएर अलपत्र परेका थिए । नेपाली दूतावासको टोली गत दुई साताअगाडि उनीहरूको अवस्था बुझ्न केन्द्रमा पुगेको थियो ।

टोलीको अध्ययनपछि उनीहरूलाई टिकटको व्यवस्था गरी नेपाल फर्काइएको हो । परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयले विदेशस्थित नियोगलाई अलपत्र परेका नेपालीको उद्धार गरी फिर्ता पठाउन निर्देशन दिएको थियो ।