सोलुखुम्बु, १३ जेठ । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । आज २ बजेर ५ मिनेटमा विमानस्थलमा अवतरणका क्रममा रुखमा ठोक्किएर विमान दुर्घटना भएको हो ।

gomaनाइनएनएकेवाइ कलसाइन र एलइटी ४१० फ्लाइट नम्बरको बिमान विमानस्थलमा दुर्घटनामा परेका पाइलट पाइलटद्वय पारसकुमार राई,कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जनलाई लुक्ला अस्पतालमा उपचार भइरहेको छ ।

एयर होस्टेज महर्जनको अवस्था समान्य भए पनि अन्य दुई जनाको अवस्था केही जटिल भएको बताइएको छ । एयर होस्टेज महर्जनको दाया खुट्टामा चोट लागेको छ भने पाइलट पारसकुमार राई र कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर छ । मौसम खरावीका कारण उनीहरुलाई थप उपचारका लागि काठमाडौं लग्न नसकिएको बताइएको छ ।