दाङ, १३ जेठ । सहिद पत्रकार कृष्णसेन इच्छुक स्मृति दिवस घोराहीमा एक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल र जनसाँस्कृतिक महासंघ नेपाल दाङको आयोजनामा कार्यक्रम हुन लागेको छ ।

krishna-senबिहान ८ वजे घोराहीस्थित पत्रकार महासंघको भवनमा सुरु हुने कार्यक्रममा उपस्थितिका लागि जिल्लामा क्रियाशील सम्पूर्ण सञ्चारकर्मी, साहित्यकार, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारलगायत अन्य सबैलाई आग्रह गरिएको छ ।