भुपेन्द्र वली 
नेकपा माओबादी केन्द्र दाङले दाङको घोराही नगरपालिकामा सो पार्टीका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिबद्धता पत्र सहित माओबादीले उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । जसअनुसार घोराही नगरपालिकाको प्रमुखमा माओबादी नेता जीवन गौतम र उपप्रमुखमा सीता चौधरीलाई उम्मेदवार बनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख पदका उम्मेदवार जीवन गौतमले दाङको विकासका लागि माओबादी र आफुले सक्दो प्रयास गर्दै आएको बताउदै यो कार्यको निरन्तरताका लागि आफुहरुलाई जिताउन आग्रह गरे ।

jiban sharmaको हुन प्रमुख पदका उम्मेदवार गौतम ?
जिल्लामा गौतम युवा तथा क्रियाशील नेताका रुपमा चिनिन्छन । २०४३ सालमा अखिलको सदस्यता लिएपछि उनले आफनो राजनैतिक यात्राको थालनी गरेको थिए । आफनो ३० वर्षे राजनैतिक यात्राका क्रममा गौतमले तल्लो तह देखि केन्द्रिय नेतृत्व सम्मको अनुभव बटुलिसकेका छन । २०६५ सालमा नेकपा एकता केन्द्र मसाल र नेकपा माओवादीबीच भएको एकता पश्चात् उनी एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य तथा थारुवान राज्य समितिको सह सेक्रेटरी हुँदै हाल माओबादी दाङका इञ्चार्ज समेत रहेका छन ।

पार्टी तथा संगठनको कामको सिलसिलामा दर्जनौं पटक गिरफ्तारी तथा चरम यातना भोगेका गौतम २०५९ साल तत्कालीन राजा ज्ञानेन्द्रले गरेका प्रतिगमनका विरुद्ध सात विद्यार्थी संगठनहरुको संयुक्त आन्दोलनको मुख्य नेतृत्वकर्ताका रुपमा क्रियाशील थिए । जिल्लामा रहेको महेन्द्र अस्पताललाई स्तरोन्नति गरी राप्ती उपक्षेत्रिय अस्पतालले बनाउने महत्वपुर्ण भुमिका निभाएका गौतम उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउन पहल गर्ने मुख्य पहलकर्ताका रुपमा चिनिन्छन ।

घोराही बनाउने एजेण्डा
उम्मेदवारी घोषणा कार्यक्रममा माओबादीको तर्फबाट प्रमुख पदका उम्मेदवार रहेका गौतमले आफुले जितेपछि उपमहानगरपालिका लाई समुन्नत बनाउन आफुले बुनेका योजनाहरु प्रतिबद्धतापत्रका रुपमा घोषणा गरे । जसअनुसार शिक्षा , स्वास्थय , भौतिक ,पुर्वाधार , क्षमता तथा सिप विकास लगायतका क्षेत्रमा महत्वकाँक्षी योजनाहरु अघि सारिएको छ ।

उपमहानगरलाई व्यवस्थित गर्न भित्री र बाहिरी दुई किसमका रिङरोडहरुको निर्माण गर्ने , प्रत्येक वडामा १० देखि १५ शैयाको अस्पताल निर्माण गर्ने , घोराहीलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने , उपमहानगरको धर्नालाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने , उपमहानगर भित्र यातायातको सहज पँहुच गराउन एकिकृत यातायात प्रणाली सञ्चालनमा ल्याउने , नारायणपुरमा अन्तराष्ट्रिस्तरको एयरपोर्ट सञ्चालनमा ल्याउने र नारायणपुर र रामपुरमा कृषि तथा प्राविधिश विद्यालय सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ । यस्तै उपमहानगरभित्र अव्यवस्थित भु—खण्डीकरण रोक्ने ,वृद्धभता न्युनतम ५ हजार पुर्याउने , सिटी रेल सञ्चालनमा ल्याउने , पर्याप्त खानेपानी तथा सिंचाईको व्यवस्थापन गर्ने ,उपमहानगरपालिका भित्र आईटी पार्क र चिडीयाखानाको विकास गर्ने लगायत प्रतिबद्धता सार्वजनिक गरिएको छ । नयाँ पत्रिकाबाट