भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् ।

narayan.jpgआज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।

अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए । अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए ।