काठमाडौं, ११ जेठ । सबैले अत्यन्त चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको आधाआधि पुग्दा कांग्रेस–माओवादी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीबीचको मतान्तरण घटदै गएको छ ।
पछिल्लो पटक वडा नम्बर १५ को मतगणना सकिदासम्म रेणु र ज्ञवालीबीच १ हजार ४ सय ८८ मतान्तर छ । पछिल्लो परिणाम अनुसार रेणु दाहालले ३० हजार १ सय १६ मत पुगेको छ भने देवी ज्ञवालीले ३१ हजार ३७ मत ल्याएका छन् । उक्त महानगरपालिकाका २९ वडाहरुमध्ये अझै वडा नम्बर १६ देखि वडा नम्बर २४ सम्मको मत गणन गर्न बाँकी नै छ ।