काठमाडौं, १० जेठ । आज विहान ११ बजे वस्ने भनेको व्यवस्थापिका संसदको बैठक वस्न सकेन । बैठक भोलिसम्मको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपछि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो ।
सभामुख ओनसरी घर्तीका प्रेस सहयोगी बबिन शर्माले बैठक भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित भएको जानकारी दिए । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।











