काठमाडौं १० जेठ । ललितपुर महानगरपालिकामा नेपाली काग्रेसले जितेको छ । मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका हुन् ।

trieमहर्जनले २४ हजार ६६६ मत प्राप्त गरे भने व्यञ्जनकारले २४ हजार ३०१ मत ल्याए । त्यस्तै, उपमेयरमा कांग्रेसकै गीता सत्याल निर्वाचित भएकी छिन् । उनले साझा पार्टीकी उम्मेद्वार शोधा शाक्यलाई ४ हजार ८०३ मतान्तरले पराजित गरिन् ।

सत्यालले १९ हजार २३६ मत पाइन् भने शाक्यले १४ हजार ४३३ मत प्राप्त गरिन् । निर्वाचनको ९ दिनपछि बुधबार विहान साढे १ बजे मतगणना सकिएको छ ।