काठमाडौं ९,जेठ । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न सरकारले अनुमति पाएको खबर आजको नेपाल समाचारपत्रमा लाई उदृत गर्दै रातोपाटीमा खबर छ ।

मन्त्रिपरिषदको हालैको बैठकले सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएपछि सेना परिचालन हुने भएको हो । दोस्रो चरणको निर्वाचनमा नेपाली सेना ४५ हजार परिचालन हुने भएको छ ।