दाङ, ७  जेठ।  घोराहीको मावि रझेनाका विद्यार्थीहरुले लागु औषध आफुले पनि प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग गर्न नहुने सल्लाह दिने प्रतिबद्धता जनाएका छन । दाङ महिला जेसिजले मावि रझेनामा सञ्चालन गरेको लागु औषध दुब्र्यसनी न्युनिकरणका लागि आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध दुब्र्यसनी न्युनिकरणको क्षेत्रमा काम गर्ने बताएका छन ।

दाङ महिला जेसिजका अध्यक्ष निरजा पोख्रेलको अध्यक्षता तथा मावि रझेनाका प्रधानाध्यापक उद्धव पौडेलको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो । कार्यक्रममा लागु औषध दुब्र्यसनी न्युनिकरणको अभियानमा काम गर्दै आउनु भएका बसन्त पुनले विद्यार्थी जीवन जोखिमयुक्त जीवन भएको बताउनुभयो ।

धेरै राम्रो सम्भाबनाहरु विद्यार्थी जीवनमा हुँदा हुँदै पनि धेरै विद्यार्थी लागु औषधको सिकार हुन गरेको बताउनुभयो । लहलहैका कारण, विभिन्न भ्रम र प्रलोभनका कारणले विद्यार्थीहरुले लागु औषध प्रयोग गर्ने गरेको र क्रमश दुब्र्यसनीको सिकार भई आफु, परिवार, समाज र सिंगो देशलाई प्रभाव पार्ने गरेको उहाको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मावि रझेनाका प्रधानाध्यापक पौडेलले विद्यार्थी जीवन सिक्ने समय भएकाले आफु, समाज र देशलाई सहि बाटोमा लैजाने कुरा मात्र सिक्न उहाले आग्रह गर्नुभयो । विद्यार्थीहरु समाजका सचेत ब्यक्तिहरु भएकाले समाज भईरहेका सहि बेठिक कुराहरुलाई सच्याउन आबस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दाङ महिला जेसिजका सस्थापक अध्यक्ष निर्मला शर्मा, त्रिभुवननगर जेसिजका अध्यक्ष दीपक शर्मा लगाएतले बोल्नु भएको थियो । शारदा ज्ञवालीले जेसिज आस्थापाठ गराउनु भएको कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रम संयोजक मंगला राणाले स्वागत गर्नुभएको थियो ।