दाङ, ६ जेठ । मौसमको पूर्वजानकारी थाहा पाउनका लागि दाङका कृषकहरुलाई मोवाइल वितरण गरिएको छ । जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गर्ने उदेश्यले कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले माटो, पानी र मौसमको पूर्वसूचना दिन जिल्लाका कृषक समूहहरुलाई स्मार्ट फोन वितरण गरेको हो ।

kisanआयोजनाले गएको विहीबार मात्रै जिल्लाका ६३ कृषक समूहलाई मोवाइल वितरण गरेको हो । समूहलाई मोवाइल सेट किसान सिम, रेनगेज र थर्माेमिटर वितरण गरिएको परियोजनाका पशु विकास अधिकृत डा. अनन्त कोइरालाले जानकारी दिए । उनका अनुसार यो मोवाइल र सिमबाट किसानहरुले जलवायस, वर्षा, विभिन्न किसिमका रोगहरुका बारेमा जानकारी पाउनुका साथै बजार मुल्यबारे पनि जानकारी लिन सक्ने छन् ।