रुकुम, ४ जेठ । रुकुमको चौरजहारी नगरपालिमा नेकपा माओवादी केन्द्र भारी मत अन्तरले विजयी भएको छ । माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार विशाल शर्मा ५ हजार ४२० मत प्राप्त गरी विजयी भएका हुन् ।
उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलबीर गोसाईं भन्दै २१ सय बढी मत ल्याएर विजयी भएका हुन् । गोसाईंले ३ हजार २०४ मत पाए भने एमालेका शेरबहादुर केसीले २ हजार २८२ मत मात्रै प्राप्त गरेका छन्।
उपमेयर पदमा पनि माओवादी केन्द्रकी राधा रोका विजयी भइन् । राधाले ५ हजार ३२५ मत प्राप्त गरिन् भने कांग्रेसकी मनिषा भण्डारीले ३ हजार ४० मत प्राप्त गरिन् । एमालेबाट उपमेयरकी उम्मेदवार कल्याणी खड्काले २ हजार ४१३ मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रले नगरपालिकाको १४ वडा मध्ये १० वडामा पनि जित हासिल गरेको छ भने एमाले एक वडामा मात्र विजयी भयो । कांग्रेसले तीन वडामा जितेको छ ।