काठमाडौं, ३ जेठ। नेकपा एमाले तीन महानगरपालिकामा अग्रता कायम राखेको छ । मत गणन जारी रहेका चार महानगरमध्ये काठमाडौंसहित तीनमा नेकपा एमालेले अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडि छ ।
अहिले जारी मत गणनामा काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य अगाडि छन् । उनले १ हजार ८३ मत पाएका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् । उनले ७४० मत पाएका छन् ।
त्यस्तै काग्रेस र माओवादीको चुनावी तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा पनि एमालेका देवी ज्ञवालीले झण्डै ९ सय मतको अग्रता लिएका छन् । उनले २ हजार ६४० मत पाउँदा कांग्रेस(माओवादी गठवन्धनका रेणु दाहालले १ हजार ७५१ मत पाएकी छन् ।
पोखराको लेखनाथ महानगरपालिकामा पनि एमालेका मानबहादुर जिसी अगाडि छन् । उनले ४ हजार ८५१ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले ४ हजाार ५८९ मत पाएका छन् ।











