दाङ, ३ जेठ । राप्तीको सबैभन्दा पूरानो राप्ती सार्वजनिक यातायात ब्यवसायी समितिले दाङदेखि भारतको नयाँ दिल्लीसम्म एसी वस सेवा सञ्चालन गर्ने भएको छ ।

acसमितिको दिल्ली पुगेको पदाधिकारिहरुको टिमले भारतीय समितिसँंग समन्वय गरेर हप्ताको सोमबार र शुक्रबार वस संचालन गर्ने भएको हो ।
घोराही तुलसीपुर हँदै महेन्द्रनगरबाट दिल्लीका लागि एसी  वस बिहान ७ बजे प्रस्थान गर्ने समतिले जनाएको छ ।

समितिले दाङ दिल्लीका लागि एसी वसको भाडा २ हजार ४ सय ८० रुपैया तय गरेको समितिका अध्यक्ष शुरेस हमालले जानकारी दिए । समितिले यसअघिबाट तुलसीपुर नेपालगञ्ज रुटबाट दिल्लीसम्मका लागि रात्री वस सेवा संचालन गर्दै आएको थियो ।