दाङ ३१ बैशाख । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् ।
मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।
१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै प्रदेश नं. ६ को रुकुम र सल्यानमा पनि मतदान जारी छ ।





