प्यूठान, २५ बैशाख ।प्यूठानका संस्थागत विद्यालयमा शैक्षिक सत्र २०७४ मा विद्यार्थी भर्ना तथा मासिक शुल्क १५ प्रतिशत वृद्धि गर्ने निर्णय फिर्ता गरिएको छ ।

feature0नेपालैभर संस्थागत विद्यालयमा अवैधानिक रूपमा शुल्क लिएको भन्दै सो शुल्क खारेज गर्ने उद्देश्यले प्यूठानमा पनि विद्यार्थी सङ्गठनहरूले आन्दोलन गरेका थिए ।

केन्द्रले गरेकोे निर्णयभन्दा प्यूठान जिल्लामा छुट्टै खालको आन्दोलन गरिएको छ । सोमवार जिल्ला शिक्षा कार्यालय प्यूठानमा बसेको जिल्ला शिक्षा समिति, संस्थागत विद्यालय सङ्गठन र संयुक्त विद्यार्थीबीच बसेको त्रिपक्षीय बैठकले शैक्षिक सत्र ०७४ मा विद्यार्थी भर्ना शुल्क तथा मासिक शुल्क पुरानै कायम राख्ने निर्णय गरेको हो ।

विभिन्न चरणमा शुल्कवृद्धि गरी विद्यार्थीका अभिभावकसँग चर्को शुल्क असुलेको भन्दै केही समयदेखि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियूलगायत विद्यार्थी सङ्गठनले शुल्कवृद्धि फिर्ताका लागि जिल्ला शिक्षा कार्यालयअगाडि धर्ना बसेका थिए । जिल्लाका संस्थागत विद्यालयमा वृद्धि शुल्कसहितको भर्ना कार्यक्रम शुरू भइसकेका कारण गतवर्षको शैक्षिक शुल्कबाहेकको रकम फिर्ता गर्ने निर्णय भएको अनेरास्ववियूका केन्द्रीय सदस्य विनोद भण्डारीले बताए ।

जिल्लामा गरेको निर्णयसँगै प्यूठानका संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज शुल्क तिरेरै अध्ययन गर्न सक्नेछन् । सहज शुल्कमै अध्ययन गर्न पाएपछि संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । अभियानमा खबर छ । जिल्लामा यो आर्थिक वर्षसँगै आगामी आर्थिक वर्षमा पनि शुल्क एउटै लाग्ने निर्णय गरिएको नेविसङ्घ प्यूठानका अध्यक्ष एनपी मगरले बताए ।