वैशाख, २३ काठमाडौं । ‘नेपालीबाबु, गंगाराम र गगन’ फरक फरक तीन नामवाट परिचित एक भुटानी शणनार्थीले चर्चित कार्यक्रम सञ्चालिका तथा कलाकार सबुश्री तिवारीलाई ‘घर न घाटको’ बनाएका छन् ।

Sabu-shree-Tiwari-200x140

सबुश्री झन्डै एक महिनाअघी कागजी विवाह गरी अमेरिका पुगेकी थिइन् । आफुसंग चाहिने कागजपत्र मात्र होईन लगाउने कपडा समेत आफ्नो कब्जामा लिई सबुश्रीलाई अलपत्र अवस्था छाडी दुलाल यतिबेला सम्पर्क विहिन भएका छन् ।

उनले सबुश्रीलाई मात्र होईन, यस भन्दा पहिला पनि धेरैलाई आश्वासन दिने गरेको बताईन्छ । कसैलाई कलाकार बनाई दिने त कसैलाई अन्य विविध बहानामा अमेरिका पुर्याउने भन्दै पैसा माग्दै विचल्ली बनाउदै आईरहेका नेपालीबाबु भनिने गंगाराम दुलालबाट सचेत रहनुनै बुध्दीमता ठहर्छ ।

नेपालीबाबु दुलाल जो भुटानि शणरार्थी हुन, उनी करीब ८ वर्ष अघि परिवार सहित अमेरिका पुगेका थिए, उनलाई मोह थियो नेपाली मिडिया र नेपाली परिवारको । अनि नेपाल आउँदा जादा बास बस्ने घरसम्म नभएका उनलाई सबुश्रीको सहाराले नेपालसँग सम्बन्ध गास्ने मोह थियो । यो भन्दा अगाडि पनि उनले नेपाली कलाकारलाई अमेरिका ल्याइदिन्छु भन्दै पैसा माग्ने गरेको खुलेको छ ।

जहाँ सम्म सबुश्रीको कुरा छ् उनको लोकप्रियता पढाई र ब्यक्तित्वलाई नेपालीबाबु अर्थात गंगारामले केवल प्रयोग गरी आफु कुनै पनि रुपबाट चर्चित हुन चाहन्थे ।

सुरुमामात्र सहयोगको लागि पेपर बनाउन राजी भएपछि गंगाराम र उनकी आमा मिलेर सबुश्रीसंग भएको ११ तोला सुन र कपडासंगै साँढे सात लाख नगद हडपे । यतिबेला सबुश्रीलाई अमेरिका वसिरहनु छैन, उनको डकुमेन्टकोमात्र आवश्यता रहेको छ, जसले उनलाई नेपाल फर्कन सहज होस् । यतिबेला सबुश्री आफ्नै पहलमा न्यायको ढोका ढकढकाइ रहेकी छन् ।

पेपर म्यारिजमात्रको सर्तमा गंगारामसंग सहमती भएपनि अमेरिका पुगिसकेपछि गंगारामले बिहेको प्रस्ताव अगाडि ल्यायो, सबुश्रीले बिहे नगर्ने बताएपछि केटाले आफ्ना चाहना गलत ढंगबाट पुरा गर्नका खातिर सबुश्रीलाई यतिबेला यो मोडमा पुग्न बाध्य तुल्याएको छ ।
पीडित सबुश्री नेपाल टेलीभिजनकी अधिकृत समेत हुन। झुटो आश्वासनमा अमेरिका पुगेकी सबुश्री माथि भुटानि शणनार्थीको जत्थाले गरेको दुब्र्यहार किन अरु नेपालीले ट्वाल्ल परेर हेरिरहेका छन बुझ्न सकिएन । म्युजिक खबर डटकमबाट