अजय जीएम
सरकारले झण्डै दुई दशक पछाडि स्थानीय तहको निर्वाचन मिति घोषणा गरे लगत्तै देशभर चुनावी माहोल बनिसकेको छ । हरेक सामुहिक बसाईमा अहिले प्रायः राजनीतिक विषयको बारेमा बढी चर्चा भइरहेको पाइन्छ । युवा पुस्ताको सक्रियतासङ्गै मोजमस्तीमा रमाउने ’टिनएज’बीच पनि अहिलेको चुनावबारे गम्भीर छलफल हुन थालेको छ ।
छलफलबीच मुख्यतः केही बिषयहरुमा बढी विवाद पनि देखिन्छ । पुरानै दल कांग्रेस, एमाले, माओवादी, राप्रपा वा बैकल्पिक दल साझा, विवेकशील, युवा बृद्ध रु नव नेतृत्व कि अनुभवी नेतृत्व रु आ–आफ्नो राजनैतिक ज्ञान र आस्थाको भरमा एकअर्काबीच यिनै बिषयमा बहस भइरहेको छ । हरेक गाउँ–गाउँ र वडा–वडामा हुने निर्वाचनमा आफ्नै मान्छे वा चिनेजानेको मान्छेलाई उमेदवारको रुपमा देख्दा सर्वसाधारणले कसलाई मत दिने भन्ने अन्योल पनि उत्तिकै सिर्जना भइरहेको अवस्था छ । स्थानीय तहको निर्वाचन सफल बनाउन प्रयत्नरत सरकारले आफ्नो पक्षबाट स्थानीय तहको निर्वाचन केका लागि र जनताका लागि किन महत्वपूर्ण रु सही नेतृत्वको किन आवश्यक रु जस्ता विषयमा त्यति प्रचुर मात्रामा प्रचारप्रसार गरेको भने पाइएको छैन । तर गर्नेछन् भन्ने आशाचाहिँ राखौं ।
दुई चरणमा निर्वाचन गर्ने कुराले पनि धेरैको मनमा ‘किन रु’ भन्ने प्रश्न उब्जाएको छ । सर्वसाधारणले आँकलन गर्न नसकिरहेको अवस्थामा देशको हिमाल, पहाड र तराई–मधेशलाई राष्ट्रिय एकतामा बाँध्नको निम्ति दुई चरणमा निर्वाचन आवश्यक छ । अहिलेको चुनाव सामान्य चुनाव होइन । राज्यका तीन अंग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका मतलव सिङ्गो सिंहदरबार नै हाम्रै आँगनमा ल्याउन यो चुनाव हुँदैछ । स्थानीय तहमा सम्बन्धित निकायहरुले जनतासँग नजिक रहेर काम गर्दछन् । यसले गर्दा जनतालाई दिइने सेवा र विकासका कार्यहरुले सहजै तरिकाले मूर्तरुप लिन सक्नेछन् र जनताले सजिलैसँग संघीय गणतान्त्रिक नेपालको आभाष लिन सक्नेछन् भन्ने विश्वासका साथ यो चुनाव हुँदैछ ।
बिगतमा हुने चुनाव भन्दा अहिलेको यो स्थानीय तहको चुनाव बिल्कुलै फरक हो भन्ने हेक्का राख्नैपर्छ । आफूले पाउने क्षणिक लाभको पछि लागेर अब आउने सन्ततिहरुको भविष्य अन्धकारमा धकेल्न आफू भागेदार नबनौं । जुन दुःख र कष्ट भोग्न हामी बाध्य भइरहेका छौ, अभावैअभावको यो पीडादायी जीवन गुजारिरहेका छौं । क्षमता हुँदाहुँदै पनि बेरोजगारीको भुमरीमा अल्झिरहेका छौ । केही रोजगारवालाहरु आफ्नो कार्यक्षमताको भर्पाईदेखि सन्तुष्ट छैनन् । यस्तो दयनीय अवस्थाबाट गुज्रिरहेको हाम्रो समाज अब आफ्नो आस्था र सिद्धान्त भन्दा थोरै माथि उठेर आफूलगायत आफ्नो गाउँ र नगरलाई स्वच्छ बनाई समाजको आर्थिक बृद्धिसङ्गै रोजगारको वातावरण सिर्जना गर्न सक्ने नेतृत्व आवश्यक छ । अब गाउँ वा नगरपालिकाका नेतृत्वले यो ध्यान दिनुपर्छ कि उनीहरु विजयी भएपछि आफ्ना लागि होइन, नयाँ पुस्ताका लागि योगदान गर्न जरुरी छ ।
विशेषतः युवाहरुको कुशल सक्रियताको खाँचो छ । नेपालको संविधानले सरकारको कर्मचारीहरु छान्न सक्ने सक्षम उमेर १८ वर्ष तोके तापनि गाउँ÷नगरमा निर्वाचित हुने उमेर २१ तोकेको छ । यो हिसाबले १८–२१ बर्षका धेरै युवा यसपटक सत्तामा जाने छैनन् । त्यसो त १८–२५ वर्षसम्मका कैयन युवाहरु राजनैतिक क्रियाकलापबाट टाढै रहन खोज्ने प्रवृत्ति पनि निकै हावी छ । यद्यपि राजनीति हाम्रो जन्मदेखि मरणसम्म हरेक परिस्थिति सँगसँगै जोडिएको हुन्छ ।
अहिलेका अधिकांश युवाहरु ९१८–२५० समयमा ठिक नेतृत्व छान्ने बेलामा प्रेमी र प्रेमिकाको अँगालोमा लिप्त भएर बसिरहेका हुन्छन् । उनीहरुमध्ये अधिकांश ‘द बेस्ट पार्ट अफ माइ लाइफ इज टु बि विथ यु, एण्ड फिलिङ् हाई’ भन्दै मदिरा सेवन गर्नमै व्यस्त हुन्छन् । एक समयपश्चात् ती सबै कुराहरुले साथ छोड्छन् । अनि तिनैद्वारा चर्को आलोचना आउन सुरु गर्छ– ‘मेरो देशले मेरा लागि केही गर्न सकेन, पोलिटिक्स इज डर्टी गेम’ यस्तै यस्तै ।
मेरा देशका नागरिकहरुले केही गरुन् भन्ने आशाले नेपाल सरकारले हामी जन्मँदा पनि हाम्रो स्याहारसुसारका लागि थोरै भए पनि रकम दिन्छ । बच्चा जन्मँदा अपरेसन निःशुल्क गरिदिएको छ । हामी जन्मिँदा समेत हाम्रो हर्षमा सहभागी बनी केही रकम दिने गर्दछ । शिशु अवस्थामा हामीलाई थुप्रैखाले भ्याक्सिनहरु दिई हामीलाई स्वस्थ एवं निरोगी नागरिक बनाउन मद्दत गर्दछ । भ्याएसम्म शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने प्रयास गरेकै छ । तर दुर्भाग्य १ जब हामी सबै तरिकाले परिपूर्ण हुन्छौ । सेल्फ डिसिजन ल्याउन सक्ने उमेरमा पुग्छौं । सानैबाट सरकारको स्याहारले एउटा सक्षम नागरिक बन्न योग्य हुन्छौ । अनि सरकारले अब हाम्रा नागरिकले देश प्रगतिको हाम्रो यो यात्रामा सहयोग गर्नेछन् भन्ने आशा गरिराखेको बेलामा हामी अमेरिका, अष्ट्रेलियालगायतका देशको दूतावास अगाडि लाइन बस्न थाल्छौं । यस्तो प्रवित्तिको अन्त्य नहुँदासम्म देशको अवस्था यस्तै रहिरहनेछ । कार्यक्षमता, योग्यता र उर्जा प्रशस्त मात्रामा भएका युवाहरु नै आफ्नो देशमा बस्न नमानेपछि देश कसले विकासतिर लैजान्छ त रु हरेक कार्यमा युवाको अग्रसरता भएको हाम्रो समाजमा निर्वाचनको मामिलामा चाहि किन पछाडि रु
सही नेतृत्व चयन गर्दा केही वर्षभित्र नै विकासका सम्भावनाहरु बोकेको हाम्रो समाजमा किन सही नेतृत्व चयन हुँदैन रु परिवर्तन हाम्रै पालामा सम्भव छ भन्ने बोध हुँदाहुँदै पनि नेतृत्व किन परिवर्तनमा अग्रसर हुँदैन रु उत्तर एउटै छ– यो मेरो पार्टीको हो र मैले यसैलाई नै जिताउनुपर्छ भन्ने संकीर्ण सोंच । जसले गर्दा हामी एजेण्डा हेर्दैनौं, बर्षौंदेखि समातेको पार्टी मात्र हेर्छौं । हामी नेतृत्वको क्षमता हेर्दैनौं, मात्र हाम्रो पार्टीको व्यक्ति भन्ने हेर्छौं । लाखौं खर्च गरेर मैले चुनाव जित्छु भन्ने गलत भावना बोकेको मान्छेलाई जिताउने सबैभन्दा ठूलो हात भनेको हामी युवाहरुकै छ । चुनावमा अघिपछि लाग्ने हामी युवा नै हौं । कुन उम्मेदवार कति धेरै पैसा खर्च गर्छ, उसकै पछाडि धेरै युवा हुन्छन् तर हामीले एजेण्डा हेर्दैनौं ।
हामीले यो कहिल्यै बुझेनौ कि सही नेतृत्व सही ठाउँमा पुगे हामी प्रत्येकको विकाससङ्गै समाजको कल्याण हुनेछ भनेर । बस् केही लिटर पेट्रोल र केही छाक मीठो खानामै युवालाई चुनावमा भुलाइन्छ र भुलिदिन्छौं हामी युवा पनि । तर, अब विस्तारै युवावर्ग सचेत हुनैपर्छ– यस्तै गलत भावना बोकेकाहरु सच्चा र लगनशीलमाथि हावी हुन थाले भने हाम्रो भविष्य सुनिश्चित छैन । युवाहरुको मत आफूतिर खिच्ने थुप्रैखाले प्रोपोगन्डालाई अब हामी सबै मिली अन्त्य गर्नुपर्छ । यसको अन्त्य गरी असल नेतृत्वको स्थापना गर्न जरुरी छ । हैन भने केही पैसाको भरमा आफूले किनेको त्यो पदमा बस्ने पदाधिकारीहरुले समाजको लागि केही नगर्नु पनि अमान्य हुनेछैन । निर्णय आफै गरौं, स्थानीय निकायको चुनाव आफैले सफल बनाऊँ । जय देश १
साभार स् नयाँ युगबोध राष्ट्रिय दैनिक, १९ बैशाख २०७४