तुलसीपुर २३ बैशाख ।  मोटरसाईकल दुर्घटना हुँदा तुलसीपुरका एक ब्यक्ति गम्भिर घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १३ को बखरे डाँडामा मोटरसाईकल दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका १९ बर्षीय गोबिन्द नेपाली गम्भिर घाईते भएका हुन् । तुलसीपुर बजारबाट फुलबारी जाँदै गर्दा उनी सवार भे ३ प ५८०९ नंबरको मोटरसाईक दुर्घटना भएको हो ।

18301535_719311938256736_5001185828526096966_n

दुई जना सवार रहेको उक्त मोटरसाईकल दुर्घटना हुँदा चालक नेपाली गम्भिर घाईते भएका हुन भने पछाडि सवार रहेका अर्का ब्यक्ति सामान्य घाईते भएको प्रहरीले बताएको छ । टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।