काठमाडौँ । काठमाडौँ महाहनगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विद्यासुन्दर शाक्य मतदादाको घर दैलोमा पुग्नाका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिमाझ पुग्नुभएको छ । घरदैलोमा हुदा मतदाताहरु बाक्लो संख्यामा सहभागिता देखिन्छ । महानगरको चुनाव प्रचारमा बिद्या सुन्दरका साथमा रहेका चुनाव प्रचार संयोजन गरिरहनुभएा एमाले उपत्यका इञ्चार्ज सानुकुमार श्र्रेष्ठका अनुसारजनताको उत्साहजनक सहभागिता देखिएको छ ।
