केशरमान बुढाथोकी
दाङ २१ बैशाख । “साइँला मेरो साइँला चाँडै फर्की आउन” गीतको अपार सफलता पछि गायीका सरु गौतम ” के यो मायाँ हो ? “ बोलको गित लिएर बजारमा झुल्किएकिछिन ।

saru gautamदर्जनौं गीति एल्बम हरु लिएर नेपाली सांगीतिक फाँट मा उदाएकी गायीका सरु गौतम सुगम संगीतकी पर्याय हुन् । लोक तथा आधुनिक गायनमा दक्खल राख्ने सरुको ” के यो माया हो ” बिल्कुलै नयाँ र बेग्लै खालको आधुनिक गित हो ।

साइँला मेरो साइँला, ऐना हेरौ लाग्यो , सबैले हुटिङ हान्छ्न , येसपालिको तीजमा, हिमाल हल्लाउन सक्छु जस्ता सफल कोसेली बाट चर्चा बटुली सकेकी सरु ” के यो मायाँ हो” बाट पनि निकै आशा गरेको बताउछिन ।

आफ्नै शब्दमा टंक बुढाथोकीको सङ्गित रहेको यो गीत मा सरोज गौतम अनि कृश्टिना थापाको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस पुरा भिडियो 

https://www.youtube.com/watch?v=jxroPVfAu2g