सल्यान, २० वैशाख । सल्यानमा स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन सकिएको छ । जिल्लामा प्रमुख राजनीतिक दल सहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका ३ नगरपालिका सहित ७ गाउँपालिकामा निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मदेवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेस
जिल्लाको सदरमुकाम खलंगासहित रहेको शारदा नगरपालिकामा मेयरको उम्मेदवारमा पुर्व जिल्ला विकास समिति सल्यानका कार्यक्रम अधिकृत सुरेश अधिकारीले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने उपमेयरमा सावित्रा वस्नेतले उम्मदवारी दर्ता गराउनु भएको छ । यस्तै वागचौर नगरपालिकाबाट गोरख केसी मेयरमा र उपमेयरमा मेनका चन्द ले उम्मदवारी दिनुभएको छ । वनगाड कुपिण्डे नगरपालिकाबाट उपमेयरमा दिपेन्द्र विष्ट ले उम्मेदवारी दिनुभएको छ ।
यस्तै ढोरचौर गाउपालकिा अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा विमला रेउले, कुमाख मालिका गाउपालिकाबाट प्रमुखमा विवेकसिंह राठौर र उप प्रमुखमा उर्मिला राणाले उम्मदेवारी दिनुभएको छ । यसैगरी दार्मागाउपालिकाबाट रामचन्द्र केसी र कालीमाटी गाउ पालिकाबाट प्रमुखमा भरत पुन र उप प्रमुखमा कमला अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै छत्रेश्वरी गाउपालिकाबाट प्रमुखमा सन्तोष केसी र उप प्रमुखमा सिता केसीले उम्मेदवारी दिनुभएको छ । कपुरकोट अध्यक्षमा दुर्गा गिरी र ओकी वोहरा उपाध्यक्षमाले उम्मेदवारी दिनुभएको छ यस्तै त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा मान वहादुर डाँगी उपाध्यक्षमा करुणा खड्काले उम्मेदवारी दिनुभएको छ ।
नेकपा एमाले
यसै गरी नेकपा एमालेबाट शारदा नगरपालिबाट मेयरमा राम कुमार खड्की र उप मेयरमा सरिता हमालले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाबाट मेयरमा लोक वहादुर डाँगी र उप मेयरमा ओका देवी केसीले उम्मदेवारी दर्ता गराउनु भएको छ । कुपिण्डे वनगाड नगरपालिकाबाट मेयरमा गोविन्द पुन र उप मेयरमा नेपाली काग्रेसका दिपेन्द्र विष्ट उम्मेदवारी दर्ता गराउनु भएको छ । कुपिण्डे वनगाड नगरपालिकामा एमाले र काग्रेस वीच तालमेल भएको छ ।
यसै गरी कपुरकोट गाउपालिका प्रमुखमा भिम वहादुर सेन र उपाध्यक्षमा तिलावुढाले उम्मेदवारी दिनुभएको छ । त्रिवेणी गाउपालिकाबाट लोकेन्द्र सिंह खडका पवित्रा केसी उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै छत्रेश्वरी नगरपालिकाबाट अध्यक्षमा ओज वहादुर वुढाथोकी र उपाध्यक्षमा वुद्धा केसी, ढोरचौर गाउपालिकाबाट चित्र वहादुर चलाउने र र उपाध्यक्षमा पुष्पा वोहराले उम्मेदवारी दिनुभएको छ । यसैगरी कालीमाटी गाउपालिकाबाट अध्यक्षमा दान वहादुर केसी र उपाध्यक्षमा सहनशिलता ओली, कुमाख गाउपालिकाबाट अध्यक्षमा भैरव वहादुर शाह र उपाध्यक्षमा शान्ति चन्दले उम्मेदवारी दिनुभएको छ । यस्तै दार्मा गाउपालिकाबाट उपाध्यक्षमा दल वहादुर केसीले उम्मेदवारी दिनुभएको छ । दार्मा गाउपालिका काग्रेसलाई अध्यक्ष र उपाध्यक्षमा एमाललेलाई सहमती भएको छ ।
नेकपा माओवादी केन्द्र
यस्तै माओवादी केन्द्रबाट शारदा नगरपालिकाको मेयरमा प्रमोद श्रेष्ठ र उप मेयरमा झरणा वुढाथोकी, वागचौर नगरपालिकाको मेयरमा लोकमान वुढाथोकी र उप मेयरमा कल्पना पुनले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी वनगाड कुपिण्डे नगरपालिकाबाट मेयरमा कर्ण वहादुर वुढाथोकी र उप मेयरमा मञ्जु यरीले उम्मेदवारी दिनुभएको छ । यस्तै गरी दार्मागाउपालिकाबाट अध्यक्षमा निम वहादुर केसी, उप मेयरमा टिका वली, छत्रेश्वरी गाउपालिकाबाट चित्र वहादुर केसी अध्यक्ष र उपाध्यक्षमा राधा शर्माले उम्मेदवारी दिनुभएको छ । यसैगरी त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा अजय रोका, उपाध्यक्षमा लिलावती वुढा, कपुरकोट गाउपालिकाबाट प्रकाश भण्डारी र उपाध्यक्षमा एलिना रानाले उम्मेदवारी दिनुभएको छ । ढोरचौर गाउपालिकाबाट अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा भुमि वुढाथोकी, कालीमाटी गाउपालिकाबाट अध्यक्षमा पुरुषोत्तम भटराई र उपाध्यक्षमा प्रिति डिसी र कुमाख गाउपालिकाबाट अध्यक्षमा दिलमाया वि।एम। र उपाध्यक्षमा डिल्लीराज जैशीले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
यस्तै राष्टिय प्रजातन्त्र पार्टीबाट शारदा नगरपालिकामा मेयरमा मनोज प्रधानले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाको मेयरमा टोप वहादुर केसी ले उम्मेदवारी दिनुभएको छ । यस्तै कपुरकोट गाउँपालिकामा अध्यक्षमा करुणा गिरीले उम्मेदवारी दिनु भएको छ ।
नयाँ शक्ति
नयाँ शक्तिले शारदा नगरपालिकामा उप मेयरमा सुमन कुमार विश्वकर्माले विश्वकर्माले उम्मेदवारी दिनु भएको छ ।
माले
मालेले शारदा नगरपालिकामा टेक बहादुर केसी र उपमेयरमा यमुना चनाराले उम्मेदवारी दिनु भएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट बागचौर नगरपालिकाको मेयरमा शशे सुनार उम्मेदवारी दिनु भएको छ ।
स्वतन्त्र
स्वतन्त्रबाट शारदा नगरपालिकामा मेयरमा जगत न्यौपानेले उम्मेदवारी दिनु भएको छ भने उप मेयरमा सुशिला गिरीले उम्मेदवारी दिनु भएको छ । दुवै एमालेबाट रुष्ट भएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । यस्तै वागचौर नगरपालिकामा मेयरमा स्वतन्त्रबाट चित्र बहादुर डाँगीले उम्मेदवारी दिनु भएको छ ।
दश स्थानीय तहमा दुई महिला प्रमुख
जिल्लाका १० स्थानीय तहमा दुई स्थानवाट अध्यक्ष पदमा मात्र महिला उम्मेदवारी परेको छ । नेकपमा माओवादी केन्द्रका तर्फवाट दिलमाया विएमले कुमाख मालिका गाउँपालिका र राप्रपाका तफवाट कपुरकोट गाउँपालिकामा करुणा गिरीले उम्मेदवारी दिनु भएको हो ।स्थानीय निर्वाचनका लागि सल्यानमा १५ वटा राजनितिक दलहरु जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका थिए ।
को हुन दिलमाया ?
दिलमाया बुढा जिल्लामै अध्यक्ष शसक्त प्रमुखकी एक्ली उम्मेदवार हुन् । २०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उप–प्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी सहिद पत्नीसमेत हुन् । युद्धकालमै २०५६ चैतमा सालमा उनका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो । २०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेकी थिइन् । हाल पार्टीको भातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार रहेकी छिन्
करुणा गिरी
२०२९ माघ २ जन्मीएकी कपुरकोट ३ कपुरकोट निवासी गिरी राजनीतिमा खासै सक्रिय महिला नभए पनि राप्रपावाट अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । उहाँका श्रीमान जागेश्वर गिरी राप्रपाका कोषाध्यक्ष हुनुहुन्छ । पेशाले होटल ब्यवसायी रहेकी गिरीले महिलाहरुले आफुलाई सहयोग गर्ने वताऊनु भएको छ । यहाँ काँग्रेस एमाले र नेकपा माओवादी केन्द्र विच त्रिपक्षिय प्रतिस्पर्धा हुने चर्चा रहेको छ ।
एमाले र कांग्रेसबीच तालमेल
वनगाडकुपिण्डे नगरपालिकामा नेकपा एमालेले प्रमुख तथा नेपाली कांग्रेसले उपप्रमुखमा तालमेल गरेका छन् भने दार्मा गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र नेकपा एमालेले उपप्रमुख लिएर तालमेल गरेका छन् । यी स्थानमा माअोवादी केन्द्र वलियो भएकाले तालमेल गरिएको नेताहरुले वताएका छन् ।
प्रतीक इच्छुक शर्मा /गोरखापत्र
