ललितपुर । चर्चित कलाकारद्धय एवं पुनःनिर्माणमा ख्याती कमाउन सफल जोडी सीताराम कट्टेल धुर्मुस र कुन्जनी घिमिरे सुन्तलीकी आमा स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन् ।

dhurmus suntaliधुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा अस्मिता माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी हुन् । अस्मिता ललितपुरको गोदावरी नगरपालिकाका लागि उम्मेदवार बनेकी हुन् ।

अस्मिता स्थानीय तहमा चर्चामा रहे पनि उनी धुर्मुस सुन्तलीमार्फत बढी चिनिँदा बधाइ तथा शुभकामनाका ओइरो लागेको बताइन्छ । विश्लेषण गर्न थालिएको छ –जब छोरी त यत्तिकै सक्षम छिन् भने उनकै आमा कत्तिको इच्छाशक्ति भएकी होलिन् ।

आमा चुनावी मैदानमा होमिदा नयाँ अभियानको प्रचार प्रसारका क्रममा धुर्मुस सुन्तली भने जापान भ्रमणमा रहेका छन्। उनीहरु जापानमा नेपाली समुदायका माझ नेपालमा सबै जातजातीको साझा चरित्र झल्कने तथा हिमाल पहाड तराईको भाव झल्कने संग्रहालय बनाउने अभियानमा लागेका छन्।

धुर्मुस सुन्तली भुकम्पपिडितका लागि वस्ती बसाउने र मुसहरहरुका लागि एकिकृत बस्ती बसाउने कार्यका कारण संसारभर रहेका नेपालीहरुमाझ पछिल्लो समय थप लोकप्रिय र चर्चामा रहेका छन्। हाम्रा कुरा डटकमबाट