गोविन्द खड्का
घोराही, २० बैशाख । विएन फुड प्रोडक्ट्स कोशेली वेकरी मेनरोड घोराहीका नरेश श्रेष्ठले कोदो र फापरको बेकरी बनाउने मेशिन ल्याउनु भएको छ । उहाका अनुसार एक हप्ता अघि देखि खोजेको कोदो भेटिएको छैन ।

साथीको सहायताले नेपाल गञ्जहुदै मुगु हुम्ला जुम्लातिर वाट कोदो खरीद प्रकृया अघि बढाएको श्रेष्ठले जानकारी दिनुभयोे । तर पनि पाउन सकिएको छैन । आएपछि मेशिन सञ्चालनमा ल्याउने कार्यक्रम छ । गुलीयो नहालेर सुगर तथा मधुमेहको समस्या रहेकालाई खानमिल्ने बेकरी तयार गर्न लागेको श्रेष्ठको भनाई छ । मैदा भन्दा अरु बाट बनाउनै सकिन्न भन्ने भ्रम मेटाउने छ ।
‘हरेक दिन हामिले खान मिल्ने बेकरी छैन भन्नेहरु थपिदै गएका छन्’ चार बर्ष अघि व्यवसाय थाल्नुभएका श्रेष्ठले भन्नुभयो, ‘केहि बर्ष भित्रै गुलीयो नखानेको संख्या बढि हुने देखिन्छ ।’ उहाका अनुसार उनिहरुका बारेमा नसोच्नु अन्याए हुन्छ व्यवसायीक रुपमा घाटा व्यहोर्नुपर्छ ।
केहि प्रतिशत लोभिले मात्रै अरुले दिएको जे पनि खान्छन् । स्वाथ्य नै धन हो भन्नेहरुले पैसा नै सवै कुरा हो भन्दैनन् । बरु बेलैमा ईच्छा पुरा गर्नुपर्छ भन्ने जानेका हुन्छन् । पैसा भएर पनि खर्च गर्ननपाउनु व्यवसायीक कमजोरी हो । ग्राहकको ईच्छानुसार उत्पादन गर्न नसकनु उद्योगको असफलता ।
जमिन छ खेति गरीन , पैसा छ लगानी हुदैन । यहि गलत सिष्टमले पछि परेको व्यवसायीको भनाई छ । करीव १४ बर्ष वैदेशिक रोजगारमा विताएका श्रेष्ठका अनुसार यति गरेपछि बाहीरको भर परीन्न । अहिले एउटा सानो पुर्जा विग्रय भारत जाने, खाद्यन्न लगाएत अन्य चिज चाहिए विरगंज पुग्नुपर्ने अबस्थाले कमजोर बनाएको छ । हाम्रो उत्पादन बाहिरीएको छ । त्यसरी कोदो र फापरको खरीद गर्दा पनि लगानी विदेशिने हो कि भन्ने चिन्ता छ ।
दुईचारदिन फालिएपनि खान र खुवाउन सिकाउन उत्पादन गरीने श्रेष्ठले जानकारी दिनुभयो । त्यहि कुरा काठमाण्डौमा खादा राम्रो दांङमा पाउदा भएन भन्ने मानविय स्वभाव छ । त्यसलाई भत्काउन पनि आफुले नया शुरु वात गरेको उहाको भनाई छ । मैदा बाट बनेका परिकार प्रति धेरैको अरुची हुन थालेको छ । त्यसको विकल्प घरमै बनाएको खाजा हो । कार्यालय तथा अरुको काममा व्यस्त जीवनका लागि नियमित घरको खाजा सम्भव छैन । त्यसका लागि पनि उत्पादन गर्न लागिएको हो ।
ठुला उद्योगलाई यस सम्वन्धि चासो बढेको छ । उनिहरु मानविय चाहना अनुसारका परिकार निकालेर व्यवसायको उन्नती गर्न चाहान्छन् । त्यहि बाट रोगले बाद्य पारेर बेकरी बाट विमुख भएका उपभोक्ता उत्साहीत हुन्छन् श्रेष्ठका अनुसार पुरानै चालाले अघि बढ्न सकिन्न । घोराहीमा कोशेली, वुटवल, जयमाता लगाएतका बेकरी उद्योगहरुले आधुनिक ओभान प्रविधि बाट वेकरी तयार गर्छन् । भट्टिमा पकाउने उद्योग पनि छन् । सबैले मैदा बाटै उत्पादन गर्छन् । त्यसले बेकरीको व्यापार खस्कीने अनुमान छ ।











