काठमाडौं, १७ वैशाख । सरकारमा दोश्रो बरियता नपाएर रुष्ट बनेका गृहमन्त्री विमलेन्द्र निधीले आज पदबाट राजिनामा दिएका छन् । आज आईतबार अचानक सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताएका छन् ।

Nepalese-Deputy-Prime-Minister-Bimalendra-Nidhiआफूले राजिनामा दिनुको कारण नखुलाए पनि आज गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् । उनले आज बुझाएको राजिनामा पत्रमा भनिएको छ ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’

यस्तो छ राजिनामा पत्र

18197682_1308869395829584_2144581830_n

तस्वीर : रातोपाटीबाट