तुलसीपुर १५ बैशाख ।
दाङको बंगलाचुली २ मरपेसमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् भने एक घरमा आंशिक क्षति भएको छ । आगलागीमा पनि पाँच गोढ जलेको स्थानियले बताएका छन् ।
शनिबार दिउसो १२ बजेदेखि सल्केको आगोले स्थानिय घनश्याम घर्ती, थमबहादुर थापा, सनप्रसाद पुन, मैते थापा र शेरबहादुर विकको घरमा पुर्ण रुपले क्षति भएको छ भने लुमाकान्त घर्तीको घरमा आंशिक रुपमा क्षेति भएको हो । स्थानिय लुमाकान्त घर्तीको घर नजिक थुपारेर राखेका दाउराबाटा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागीबाट कति क्षति भयो भन्ने बारे एकिन नभएको प्रहरीले जानकारी दिएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।
