तुलसीपुर ९ बैशाख । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) तुलसीपुर उपमहानगरपालिका १५ को वडा कमिटि गठन गरिएको छ । शनिबार भएको भेलाले तिलक पुनको अध्यक्षतामा एक सय ९ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
वाईसिएल तुलसीपुर उपमहानगरपालिकाका सहसचिब तिलक पुनको अध्यक्षता तथा माआवादी केन्द्रका केन्द्रिय आयोजक कमिटि सदस्य तुलाराम भण्डारी‘बारुद’को प्रमुख आतिथ्य एबं वाईसिएलका जिल्ला आयोजक कार्यालय सदस्य तथा प्रदेश नंं ५ का सदस्य माईकल गुर्तालको बिशिष्ट आतिथ्यमा भेला भएको हो । त्यस अबशरमा बक्ताहरुले माओवादी केन्द्रले गरेका उपलब्धि संस्थागन गर्न वाईसिएलको भुमिका महत्वपुर्ण हुने बताएका थिए ।
त्यस अबशरमा माओवादी केन्द्रका १५ का अध्यक्ष नबराज पुन, माओवादी केन्द्र तुलसीपुर १६ उपाध्यक्ष तथा अखिल क्रान्तिकारी जिल्ला कार्यलय सदस्य सुवास बस्नेत, सन्देश बिक, बालकृष्णा चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
वाईसिएल वडा सदस्य सोमराज चौधरीको स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण गोपाल चौधरीले गरेका थिए ।