तुलसीपुर ९ बैशाख । अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालि तुलसीपुरमा रिक्त पदलाई पुर्ति गरिएको छ । प्रालिबाट महासचिब, सचिब, तीन जना सदस्यलाई निस्कासन गरिएपछि पद रिक्त भएका थिए । शनिबार बसेको प्रालिको बैठकले ती पदहरुलाई पुर्ति गरेको हो ।
प्रालिका अध्यक्ष गम्मरचन रोकाको अध्यक्षतामा बसेको बैठकले महासचिबमा टिकाराम बुढाथोकी, सचिबमा प्रेम बहादुर नेपाली , सदस्यहरुमा ठाकुर भण्डारी, बुद्धिराम चौधरी, बिनय शर्मालाई मनोनित गरिएको हो ।
त्यस्तै बैठकले बिभिन्न बिभागहरु गठन गरी जिम्मेवारी तोकेको छ । जसमध्य आर्थिक बिभागमा प्रेम नेपाली, घटना तथा बिमा बिभागमा उपाध्यक्ष भोजराज पन्थी, कार्यालय बिभागमा चन्द्र बहादुर चौधरीलाई चयन गरिएको अध्यक्ष रोकाले जानकारी दिए ।