रबिन्द्र यादव 

परासी, ८ बैशाख । नेपाल मुस्लिम संघ नवलपरासीले स्थानिय तहको निर्वाचनका लागि टिकट वितरण प्रति आपत्ति जनाएको छ । जिल्लामा ३ हजार भन्दा बढि मुस्लिमको जनसंख्या रहेकोमा नेपाली कांग्रेसले मुस्लिम संघका उम्मेदवारहरुलाई बसाल्न खोजेको संघले आरोप लगाएको छ ।ghaderi bikrima

जिल्लामा क्षेत्र नंं ४ रामग्राम वडा नं. १३ बाट वडा अध्यक्षका लागि बबुल्लाह धुनिया र क्षेत्र नं. ५ सरावल गाउँपालिका वार्ड नंं ४ मा वडा अधयक्ष लाग आलमगिर खानले टिकटको दावा गरिरदा आलमगिरलाई वडा अध्यक्ष छोडन दबाब दिइएपछि संघले विरोध जनाएको छ । जिल्लामा दावा गरेका दुई जना मात्र मुस्लिम उम्मदेवारलाई कांग्रेसले टिकट नदिई जिल्ला भरिका मुस्लिम समुदायको भावनालाई चोट पुराउने काम गरेको संघले दुखेसो पोखेको छ ।

आलमगिरको उक्त क्षेत्रमा निकै राम्रो पकड र लोकप्रिय उम्मेदवार रहेपनि भने अर्काे उम्मेदवार छोटेलाल यावदलाई टिकट दिने पक्कापक्की नै भएपछि संघले विरोध जनाउदै आज प्रेस विज्ञप्ती जारी गरेको छ । संघले चुनावमा दुई जना मात्र उम्मेदवारलाई अगाडी सारीरहदा पार्टीले एउटा उम्मेदवार माईनस गर्न खोज्दा संघको ध्यानाकर्षण भएको छ संघले पार्टीलाई मुस्लिम संघको उचित मुल्याङ्कन गरि समावेशि र सामानुपातिकको आधारमा टिकट वितरण गर्न माग गरेको छ ।