स्थानीय निर्वाचन नजिकीँदै गर्दा दलहरु उम्मेदवार चयनमा ब्यस्त बनेका छन् । उनिहरुले बताए अनुसार उम्मेदवार चयनको प्रकृया झण्डै अन्तिम अन्तिम चरणमा पुगेको छ । उम्मेदवारका लागि ‘एकसेएक आकांक्षीबाट उम्मेदवार चुन्न अहिले दलहरुलाई सकस समेत परिरहेको छ । लामो समय सम्म पार्टी राजनीतिमा सकृय नेताहरुको चुनावी ‘रेस’स्थानीयतहमा ब्यापक देखिएको छ ।

bharat nnnलामो समय सम्म पार्टी राजनीतिमा रहेका कांग्रेस नेता भरतवहादुर न्यौपाने शक्तिशाली रेसरका रुपमा प्रस्तुत भएका छन् ।घोराही उपमहानगरपालिकाको मेयर पदका लागि आँफूलाई दाबी गर्दै आएका उनले आफ्नो लामो समय सम्मको राजनीतिक अभ्यास र समाज प्रतिको ‘लगाव’ लाई निर्वाचन जित्ने बलियो आधार भएको बताउँछन् ।

लामो समयसम्म राजनीतिमा रहेका माओवादी द्वन्द्वको समयमा समेत माओवादीको निशानाबाट जोगिएको नेता हुन् न्यौपाने । उनका बुबा जुद्द बहादुर न्यौपाने ०१५ सालको निर्वाचनमा एमपी निर्वाचित र ०५०मा सांसद् पनि भएकोले अहिले उनको विरासत थाम्न आएका उनका छोरा भरतले टिकट पाउने सम्भावना बढि रहेको चर्चा हुने गरेको छ । न्यौपाने आफैं पनि ०४८ सालदेखि कांग्रेसको महासमिति सदस्य, क्षेत्रीय सभापति लगायत पदमा विजयी हुँदै आएका छन् ।

उनका लागि २०५६ मा ०६४ र ०७० मा क्षेत्रबाट सांसद्को लागि सिफारिस गरिएको भएपनि उनले टिकट पाएका थिएनन् । त्यस्तै, काँग्रेसबाटै मेयरको लागि आकांक्षा देखाउनेहरुमा अर्जुन श्रेष्ठ पनि चर्चित अनुहार हुन् । ०५४ सालमा उपमेयर बनिसकेका उनी पनि अहिलेको स्थानीय निर्वाचनमा मेयरको टिकट पाउन सक्ने सम्भावित उम्मेदवार मानिन्छन् । उनीहरुबाहेक पनि अहिलेका पार्टीका क्षेत्रीय सभापति भूपबहादुर डांगीको पनि नाम चर्चामा छ । वृकेश्वरी गौतम, पूर्व महासमिति सदस्य रण ब। पछाईँ लगायतले मेयरको लागि उम्मेदवारी दिन आकांक्षा देखाईरहेका छन् ।

ghaderi bikrimaत्यस्तै, व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको तर्फबाट पूर्व जिल्ला अध्यक्ष नरुलाल चौधरीको नाम चर्चामा छ । उनी एमालेको तर्फबाट सशक्त उम्मेदवार रहेकोले उनले टिकट पाएको खण्डमा काँग्रेसले समेत जित्नको लागि ठूलै कसरत गर्नुपर्ने देखिएको छ । सो उपमहानगरपालिकामा चौधरीहरुको बसोबास पनि धेरै रहेकोले पनि उनको सम्भावना बढी रहेको जानकारहरुको दाबी छ । त्यसैले पनि जीत आफ्नो पक्षमा पार्नको लागि राम्रो उम्मेदवार छान्नै पर्ने दबाब काँग्रेसमाथि छ ।

उनका अलावा २०४९ सालको स्थानीय निकायको निर्वाचनमा मेयर बनिसकेका अमर डाँगीले पनि फेरि मेयरकै लागि आकांक्षा देखाएका छन् । सांसद्को टिकट पाएर पनि सांसद् बन्न नसकेका लक्ष्मण आचार्य पनि यस पटक उपमहानगरपालिकाको मेयर बन्न लालायित रहेका छन् । यो उपमहानगरपालिका बनेपछिको पहिलो निर्वाचन भएकोले पनि यसमा धेरैको आकांक्षा रहेको हो ।

त्यस्तै, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओबादी केन्द्रबाट निर्मल आचार्यको नाम चर्चामा रहेको छ । उनले ०७० सालको निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट सांसद्को टिकट पनि पाएका थिए । यसरी जिल्लाको सबै क्षेत्रमा नेपाली काँग्रेसले जितेको दाङमा स्थानीय निर्वाचनमा भने कसले बाजी मार्ला भन्ने कुरा चर्चाको विषय बनेको छ । यसमा काँग्रेसले बलियो उम्मेदवार नउठाए बाजी मार्ने दाउमा एमाले कुरेर बसिरहेको स्थानीयले बताउने गरेका छन् । अहिले एमालेले पनि आफ्नो पकड बढाउँदै लगेको स्थानीयहरुको बुझाई रहेको छ ।