तुलसीपुर ५ बैशाख । अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालि तुलसीपुरका अध्यक्ष माथि झुठ्ठा आरोप लगाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । प्रालिका अध्यक्ष गम्मरचन रोकाले मंगलबार एक बिज्ञप्ति जारी गरि आफु र प्रालि बिरुद्ध कपोकल्पित झुठ्ठा आरोप लगाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

bigeptiप्रालिका महासचिब माधव दाहाल, सचिब तारा प्रकाश वली, सदस्यहरु जीवराज लामिछाने, डिगम्बर सिंह भण्डारी, डिल्ली बहादुर डाँगी संस्थाको तीन वटा बैठकमा उपस्थित नभएको, संस्थाको हित बिपरित समानन्तर कमिटि गठन गरि केही रिक्सा चालकहरुबाट रकम समेत असुल गर्ने गरेको लगायतका नकारात्मक गतिबिधि गरेकाले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको बिज्ञप्तिमा उल्लेख छ । उनीहरुले प्रालिको बिधि, बिद्यान, ऐन, कानुन , नीति, नियम बिपरित क्रियाकलाप गरेको भन्दै निस्कासन गरिएको अध्यक्षको भनाई छ ।

त्यही रिश पोख्न महासचिब, सचिब सहितको समुहले अध्यक्षमाथि झुठ्ठा आरोप लगाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रालिका बिरुद्धमा लगाईएका आरोप प्रति भ्रमित नहुन सम्पुर्ण अटो रिक्सा ब्यबसायी, अटो रिक्सा चालक साथिहरुमा अनुरोध पनि गरिएको छ ।

साथै महासचिब , सचिब लगायतका समुहलाई संस्थाको निर्णय बिपरित संस्थाको रकम भोज भतेर गरेको आरोप लागेको छ । प्रालि कुनै पनि राजनीतिक दलको भातृसंगठन नभई सबै अटो रिक्सा श्रमिकको साझा संगठन भएको पनि जानकारी गराईएको छ । पछिल्लो समय यातायातको प्रभाकारी साधनका रुपमा रहेको अटो ईरिक्सा श्रमिकहरुबीच बिवाद चुलिदै आएको छ ।